Friday, March 30, 2012

पसल–पसलमा पाईन्छ पेट्रोल


सरकारले महिना दिनको अन्तर पारेर पेट्रोलियम पदार्थको मूल्यबृद्धी गरिरहेपनि पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन सकेको   छैन । तर, पेट्रोल पम्पहरुमा सहज रुपमा नपाईने यस्ता पदार्थ खुद्रा पसलदेखि चिया दोकान सम्म पनि पाईने गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले ककनी र ओखरपौवावाट अवैध रुपमा विक्रीका लागी राखेको कृषि अनुदानको मल र प्रेट्रोलिय प्रदार्थ नियन्त्रणमा लिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेलको नेतृत्वमा प्रहरी र प्रशासन कार्यालयको अनुगमनले ककनी ३ का विष्णुप्रसद भट्टको घरवाट ६१ वोरा र  ककनी ३ कै विरवहादुर लामाको पसलवाट २७ वोरा अनुदानको रासायनिक मल र २ सय लिटर डिजल नियन्त्रणमा लिएको हो ।
अनुगमन समितीले ककनीका पवित्रा लामाको घरवाट दुई हजार आठ सय लिटर डिजल, दुई सय लिटर प्रेट्रोल, ककनीका हरि लामीछानेको पसलवाट ७ सय लिटर डिजल र ओखरपौवाका रिता श्रेष्ठ, शान्ता लामा,उपेन्द्र श्रेष्ठ र रमिला श्रेष्ठको घरवाट दुई सय ७० लिटर प्रेट्रोल नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले वताए ।
गाउँका सहकारीलाई सरकारी अनुदानमा वितरण गरिएको मल स्थानीय व्यवसायीहरुले खुल्ला रुपमा विक्री गरेको भेट्टीएपछि विक्रीका लागी राखीएको

मल अनुगमन समितीले व्यवसायीहरुलाई विक्री नगर्न निर्देशन दिएको छ । समितीले वरामद गरिएको प्रेट्रोलियम प्रदार्थ आयल निगमलाई छानविनको लागी आग्रह गरेको छ । पम्प व्यवसायीहरुले निगमले तोकेको भन्दा वढी मुल्यमा स्थानीय व्यवसायीलाई विक्री वितरण गर्ने गरेका कारण अवैध रुपमा वजारमा वढी मुल्यमा प्रेट्रोलियम प्रदार्थ विक्री हुदै आएको छ ।

संविधानसभाको म्याद अन्तिम

    दुई वर्षको लागि भनेर निर्वाचित संविधानसभाको म्याद पटक– पटक थप गरिएपनि अव भने म्याद थप नहुँने पक्का भएको छ । संविधान सभाको म्यादबारेको फैसला पुनरावलोकन नहुने भन्ने अदालत प्रशासनको निर्णयलाई र्सवोच्च अदालतको इजलासले सदर गरपछि म्याद थपको सम्भावना सकिएको हो ।
न्यायाधीश कमलनारायण दासको एकल इजलासले पुनरावलोकनको गुन्जायस नरहेको निर्णय सुनाएपछि संविधानसभाको आयु जेठ १४ गते स्वतः समाप्त हुने भएको छ । संविधान सभाको म्याद थप्नेरनथप्नेबारे सबै बहस किनारा लगाउँदै अदालतले अन्तिम निर्णय सुनाएको हो । यस पटक पनि म्याद थप गर्न सकिन्छ भनेर संविधान निर्माणको कार्यमा चासो नदेखाएको दलहरु भने सर्वोच्चको फैसलाबाट झस्किएका छन् ।
संविधानसभामा यतिखेर थुप्रै विषय विवादमा रहेका छन् ।
र्कायपालिका, व्यवस्थापिका र न्यायपालिका कस्तो हुन्छन ? नेपाललाई कति प्रदेशमा पुनर्संरचना गर्ने, तिनको संख्या, सीमा र नाम के हुने र तिनको समेत शासन प्रणाली कस्तो बनाउने टुंगो लगाउनै बाँकी छ । केन्द्र, प्रदेश र स्थानीय तह बनाउने र तिनको व्यवस्थापिकाको र्निवाचन प्रणाली कस्तो हुनेछ भन्ने विषय पनि विवादमा नै रहेको छ ।
यी विषय सल्टिएपछि मस्यौदा गर्नमात्र एक महिना पूरा लाग्ने संवैधानिक समितिका सभापति निलाम्बर आर्चायले बताएका छन्। ।  छलफलका लागि कम्तीमा १५ दिन लाग्छ । मस्यौदा तयार भइहाल्यो भने –प्रकृया छोट्याएर पारित र्गन संविधान संशोधन अनिर्वाय हुने सभाध्यक्ष सुवासचन्द्र नेम्बाङले बताएका छन्। ।

मस्यौदा तयार गरी संवैधानिक समितिमा छलफल गराएर तयार पार्ने, संविधानसभामा छलफल गराउने, छलफललाई समेत समेटेर तयार पारेको मस्यौदा जनतामा लैजानुपर्छ । जनताबाट आएका रायसमेत समटेर मस्यौदालाई संवैधानिक समितिले अन्तिम रुप दिनुर्पनेछ । त्यसमाथि संविधानसभामा हरेक धारामाथि छलफल हुन्छ । हरेक धारामा संशोधन हाल्न समय दिनुपर्ने हुन्छ । प्रत्येक धारालाई पुनः संविधानसभामा छलफल गराई दुई तिहाई मतले पारित गर्नपर्छ । यी सवै काम गर्न दलहरु अरु सवै विवाद छोडेर संविधानसभामा मात्र केन्द्रित हुनुपर्छ ।

Tuesday, March 6, 2012

मन्त्री नै रोकिए बिमानस्थलमा

         पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट भिसाका कारण युएईको आबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको नियन्त्रणमा रहेको बुझिएको छ। युएईस्थित उपनियोगका प्रमुख दीपक अधिकारीले नागरिकन्युजलाई भने, 'भिसाका कारण समस्या रहेको देखियो . 
           यसअघि उनी कतारको विमानस्थलमा रोकिएको खबर आएको थियो। मन्त्री विष्ट बुधबारदेखि आउँदो आइतबारसम्म जर्मनीको बर्लिनमा आयोजना हुने ट्राभल र पर्यटनसँग सम्बन्धित आइटिबी बर्लिनमा भाग लिन हिजो दिउँसो इत्तेहाद एअरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गरेका थिए। 
              इत्तेहाद एअरवेजको विमान आबु धाबी ट्रान्जिट हुँदै बर्लिन उड्ने गर्छ। 

Friday, March 2, 2012

क्याटरिना कैफले मागी विवाह गर्ने

         बलिउड अभिनेत्री क्याटरिना कैफले मागी विवाह गर्ने भएकी छिन्। हालै क्युबामा सलमान खानसँग एक चलचित्रको सुटिङ गरेर फर्केकी क्याटरिनाले आफ्ना लागि उपयुक्त वर खोज्न माता पितालाई भनेकी छिन्। उनले आफूले माता पिताले खोजेको केटासँगै विहे गर्ने पनि बताइन्।
         लामो समयसम्म सलमान खानसँग नाम जोडिएकी क्याटरिनाले अब बलिउड फिल्म उद्योगको कुनै व्यक्तिसँग प्रेम गर्ने सम्भावना नरहेको पनि बताएकी छिन्फिल्म  उद्योगमा साचो प्रेम पाउन कठिन भएको अनुभव क्याटरिनाले गरेको उनी नजिककाले बताउन थालेका छन्। 
उनले भविस्यमा यस किसिमको कुनै सम्बन्धबाट टाढिने र आफ्नो काममा मात्र ध्यान दिने मन बनाएको उनी नजिककाले कुरा गर्न थालेका छन्।

Thursday, March 1, 2012

एमाले अध्यक्ष खनालको जीवनशैली आधुनिक सामन्तहरुको सरदारको जस्तो

 तराई मधेस लोकतान्त्रिक पार्टीले एमाले अध्यक्ष झलनाथ खनाल र अख्तियार आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायलाई आफ्नो सम्पत्ति वैध प्रमाणित गर्न चुनौती दिएको छ। बुधबार दिउँसो सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ता भ्रष्टाचार मुद्दामा जेल गएजस्तै खनालदेखि उपाध्यायसम्मलाई आफ्नो सम्पत्ति वैध पुष्टि गर्न चुनौती दिएको हो। केही दिनअघि मधेसका सबै दल 'भ्रष्टहरुको झुन्ड' हो भन्ने एमाले अध्यक्ष खनालको भनाइप्रति आक्रोशित हुदै बैठकले खनालको उक्त अभिव्यक्ति खेदजनक, गैरजिम्मेवार र हास्यास्पद भएको ठहर गरेको छ। 'तराईका दलहरुलाई भ्रष्ट देख्ने एमाले अध्यक्ष खनालको जीवनशैली आधुनिक सामन्तहरुको सरदारको जस्तो छ,' तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनारले बैठकपछि भने, 'उहाँलाई हामी आफ्नो सम्पत्ति वैध प्रमाणित गर्न चुनौती दिन्छौं।'
बैठकले प्रमुख दलका शीर्षनेता संघीयताबिनै संविधान ल्याउने तयारी रहेको ठहर गर्दै त्यसलाई मधेसले कुनै हालतमा स्वीकार नगर्ने निष्कर्ष निकालेको छ। मधेसलाई दुई प्रदेशमा विभाजन गरेको प्रति आपत्ति जनाउँदै आफूहरु समग्र मधेस एक प्रदेशभन्दा बाहिर जान नसक्ने निचोड निकालेको छ