Sunday, April 29, 2012

यसरी चल्यो अन्जु पन्तको नाममा अश्लिल तस्बीरको चर्चा

सोसियल मिडिया फेसबुक, ट्टिवर लगायत केही अनलाइनहरुमा समेत हिजोदेखि एक्कासी रुपमा गायिका अन्जु पन्त जस्तै देखिने तर निर्वस्त्र अनि एक पुरुषसँग बेडमा किस गर्दै गरेको अवस्थाको एक फोटोले निक्कै चर्चा पाएको छ ।
सो फोटोलाई यतिबेलासम्म सयौँले सेयर गरेका छन् । हजारौँले कमेन्ट गरेका छन् भने मन परेर या नपरेर नै भएपनि लाखौँले भिन्नभिन्नैको वाल÷पेजमा लाइक गरेका छन् ।

धेरैले सो फोटोलाई अन्जु पन्त नै भनेर तोकेका छन् लेखेका छन् भने कमेन्टमा पनि सोही अनुसारले लेखिएका छन् । या की सकरात्मक भन्दा पनि नकरात्मक तरिकाले अन्जु पन्तको चरित्र हत्या हुने तरिकाबाट समेत ।
तर त्यो फोटो भने अन्जु पन्तको होइन । त्यो फोटो त भारतीय अनलाइनबाट निकालिएको हो । तर झट्टै हेर्दा भने फोटोमा देखिने महिला अन्जु पन्त जस्तै छिन् । अझ तस्विरमा देखिएको नाकको नत्थी र हातमा लगाइएको औंठी अन्जु पन्तसँग मिलेपछि धेरैले फोटो गायिका अन्जु पन्तकै हो भनेका थिए ।
सो फोटोलाई कसैले भारतीय एक साइटबाट फेसबुकमा सेयर गरेपछि अन्जु पन्तको हो भन्दै हल्ला चलाइएको हो । अझ हल्ला चलाउनेहरुमा पत्रकारहरु समेत सत्यताको पछाडी नलागी दगुरेका थिए । पत्रकारहरुको पंक्ति नै फोटो सेयर गर्न अगाडी देखिन्थ्यो ।
तर यो फोटोसँगै सो भारतीय साइटमा अश्लिलै अश्लिल तस्बीरहरुको बाढी पाउन सकिन्छ । जहाँ नेपालीहरुको तस्बीर पाउन मुस्किल नै पर्छ ।
प्रविधिको युगमा अहिलेको जमानामा फोटोशप, इनडिजाइन लगायत सफ्टवेयरबाट कसैको चरित्र हत्या गर्न पनि त्यसरी गर्न सकिने भएपनि सो फोटो भने यहाँबाट लिएको हो । 

Sunday, April 22, 2012

माओवादी कम्युनिष्ट पार्टी नै हैनः ओली


 नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादी कम्युनिष्ट पार्टी नै नभएको टिप्पणी गर्नु भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी स्थापनको अवसरमा एमालेको उपत्यका विशेष समन्वय कमिटीद्वारा आयोजित कार्यक्रममा नेता ओलीले काटमार र हिंसामा विश्वास गर्ने पार्टी कम्युनिस्ट पार्टी हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो-’हत्या-हिंसा, लुटपाट र वितण्डा मच्चाउने माओवादी कम्युनिष्ट पार्टीको परिभाषाभित्र कसरी पर्छ ।’
हिंसामा विश्वास गर्ने माओवादीलाई कम्युनिस्ट पार्टी मान्दा आफू चाहिँ कम्युनिस्ट होइन कि भन्ने लाग्ने उहाँले बताउनुभयो । एमाले नेता ओलीले माओवादीले भन्दै आएको जनयुद्ध सत्ता प्राप्तिका लागि सङ्घर्ष वितण्ड र उत्पातमात्र भएको दावी गर्नुभयो । ‘सिद्धान्तलाई सत्ता प्राप्तिका लागि कतिसम्म स्वार्थमा प्रयोग गर्न सकिने रहेछ भन्ने उदाहरण माओवादीको सशस्त्र युद्ध हो’ उहाँले भन्नुभयो, ‘नेपालको कम्युनिस्ट आन्दोलन उग्रवामपन्थ र दक्षिणपन्थका विरुद्ध निरन्तर जुधेर आएको छ, अब पनि यस बाटोबाट पछि हट्ने छैन ।’
नेता ओलीले कम्युनिस्ट पार्टीले निर्वाचन जितेर लोकपि्रय सरकारसमेत सञ्चालन गरिसकेको अवस्थामा माओवादीले हिंसात्मक राजनीति गरेर गल्ती गरेको दाबी समेत गर्नुभयो ।
कार्यक्रममा एमाले सचिव युवराज ज्ञवालीले माक्र्सवादका आधारभूत सिद्धान्तलाई छाड्ने तथा लोकतान्त्रिक मान्यतालाई बिर्सने काम आˆनो पार्टीले नगर्ने विश्वास व्यक्त गर्नुभयो ।
कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यले कम्युनिस्टहरु आन्दोलित भएर गणतन्त्रको स्थापना भए पनि नयाँ जनवादी व्यवस्था अझै नआएको बताउनुभयो

Thursday, April 19, 2012

माओवादी मुख्यालयमा झडप

 काठमाडौं, वैशाख ७- माओवादी मुख्यालयमा बहिर्गमित लडाकुका दुई समूहबीच झडप भएको छ। झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको छ। अहिले त्यहाँ ४० भन्दा बढी सुरक्षाकर्मी परचालन गरिएको डिएसपी धिरजप्रताप सिंहले जानकारी दिए ,
 सागर लिम्बू र लेलिन बिष्टले नेतृत्व गरेका दुई समूहबीच झडप भएको हो। आफूहरुले पनि स्वेच्छिक अवकाशमा जाने लडाकुसरह सुविधा पाउनुपर्नेलगायतका माग राखेर एक सातादेखि धर्नामा रहेका उनीहरुबीच यसअघि पनि सामान्य झडप भएका थिए।
उनीहरु धर्नामा बसेदेखि नै माओवादी मुख्यालयमा ३०-३५ जना सुरक्षाकर्मी तैनाथ रहेकामा आज झडप बढेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षाकर्मीको सङ्ख्या बढाएको सिंहले जानकारी दिए। 

Thursday, April 5, 2012

वर्षमा १०० दिन रोजगारी, नभए ५० दिनको भत्ता


२३ चैत, काठमाडौं । सरकारले युवाहरुलाई वर्षमा कम्तिमा सय दिन रोजगारीको व्यवस्था गर्ने तयारी गरेको छ ।
वर्षमा एक सय दिन रोजगारीको व्यवस्था गर्ने र त्यसो हुन नसके त्यसको आधा समयको भत्ताको व्यवस्था गर्न विधेयक ल्याउन लागिएको प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझाउन गएका बरोजगार युवासंघका नेता कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री भट्टराईले रोजगारीलाई नयाँ बन्ने संविधानमा मौलिक हकका रुपमा स्थापित गर्न लागेको जानकारी गराउनु भयो ।
वर्तमान सरकार पूर्व सरकारले ल्याएको बजेटबाट चल्नु पर्ने वाध्यतामा रहेको भन्दै नयाँ कार्यक्रम ल्याउन नसकेको बताउनु भयो । उहाँले राष्ट्रिय स्वयम् सेवा अभियान अन्तरगत भोलिबाट सुरु हुने एक हप्ते काठमाडौ सरसफाई अभियानमा सक्रियतापूर्वक सहभागी हुन युवाहरुलाई आव्हान गर्नुभएको निजी सचिवालयले जनाएको छ ।
राष्ट्रिय स्वयम् सेवा अभियानमा परिचालित हुने युवाहरुलाई पूर्ण निःशुल्क भन्दा पनि नयाँ नेपाल निर्माण कोषबाट केही रकम विनियोजन गर्ने योजना रहेको उहाँले बताउनु भयो ।
संघका संयोजक चन्द्रबहादुर थापा सागरको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापन पत्रमा बेरोजगारी युवाहरुलाई रोजगारीको व्यवस्थाका लागि कार्यतालिका सार्वजनिक गर्नु पर्ने लगायतको माग गरिएको छ । वाइसीएलले हालै बरोजगार युवासंघ बनाएको हो ।