Friday, September 21, 2012

पूर्वराजा ५ लाख तिरेर फिस्टेल लजमा

 तनहुँ/पोखरा, असोज ४- पूर्वराजा ज्ञानेन्द्र शाह साता लामो धार्मिक भ्रमणका लागि पोखरा आइपुगेका छन्। पृथ्वीराजमार्ग हुँदै निजी मोटरमा आएका उनी बैदामस्थित फेवाताल पारीको फिस्टेल लजमा बसेका छन्। उनी आउँदा सयौं पोखरेलीले झरीको वास्ता नगरी सडकमा लामबद्व भएर स्वागत गरेका थिए। त्यस क्रममा उनीहरुले पूर्वराजाको पक्षमा नाराबाजीसमेत गरे। दिनभरको टन्टलापूर घाम ज्ञानेन्द्र आइपुग्ने बेला मुसलधारे वर्षामा परिणत भइसकेको थियो।  
शाहले आफ्नो प्रतिक्षामा घन्टौंदेखि मुस्ताङ चोकमा कुरेर बसेका नगरबासीलाई गाडीबाट ओर्लेर पैदल यात्रामै साथ दिए। उनले करिब एक किलोमिटर दूरीको फिस्टेल लजसम्म झण्डै एक घण्टा हिँडेरै यात्रा तय गरे। ज्ञानेन्द्र फेवातालमा फेरि चढेर उनी फिस्टेल लज पुगेपछि उनका समर्थकहरु फर्किएका थिए।
पूर्वराजालाई लेखनाथको राधाकृष्ण मन्दिरमा भेला भएका सयौं पोखरेली युवाहरुले मोटरसाइकलबाट स्कर्टिङ गर्दै पोखरासम्म लाइएका थिए। स्वागत समिति अन्तर्गतको प्रचार उपसमितिका संयोजक अर्जुन बस्नेतले पूर्वराजालाई पाँच सयभन्दा बढी मोटरसाइकलले स्कर्टिङ गरेका थिए। नगरबासीले पञ्चेबाजासहित नाचगान गर्दै स्वागत गरेका थिए।
सत्तारुढ एनेकपा माओवादी कास्कीले धार्मिक भ्रमणका नाममा राजनीति गर्न खोजेको भन्दै शाहको भ्रमण बिथोल्ने चेतावनी दिए पनि कतै अवरोध पुर्‍याएन। पूर्वराजा शाहले शुक्रबारबाट एक सातासम्म म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्जा र तनहुँका विभिन्न मठमन्दिर पुगेर देवीदेवताको दर्शन गर्ने कार्यक्रम छ

Monday, September 10, 2012

नेपाल डिभिजन फोर क्रिकेट च्याम्पियन अमेरिका ८ विकेटले पराजित


        नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोरको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपाल डिभिजन फोर च्याम्पियन बनेको हो ।
यो डेढ दशकको अन्तराष्ट्रिय क्रिकेट खेलेको नेपालले अहिलेसम्म हात पारेको सबैभन्दा ठूलो उपाधि हो । यसअघि सन् २०१० मा अमेरिकालाई नै पराजित गर्दै डिभिजन फाइभको उपाधि उचालेको छ । आइतबार डिभिजन फोरको फाइनलमा पुगेसँगै नेपाल डिभिजन थ्रीमा उक्लिसकेको छ ।
         अमेरिकाले प्रस्तुत गरेको १ सय ४६ रनको विजयी लक्ष्य नेपालले ज्ञानेन्द्र मल्लको अर्धशतकको मदतमा ओभरमा विकेटको क्षतिमा भेट्टायो । स्कोर बोर्डमा ९ रन हुँदा पहिलो विकेटका रुपमा अनिल मण्डललाई व्यत्तिगत ३ रनमा गुमाएको नेपालको पारी मल्ल र सुवाष खकुरेलले सम्हालेका थिए । सुवाससँग ९३ रनको साझेदारी गरेका मल्ल व्यक्तगत ६६ रनमा आउट भए ।
निकै आकर्षक पारी खेलेका उनले ३ छक्का र ७ चौकको मदतमा ६५ बलमा ६६ रन बनाएका हुन् । खकुरेल र कप्तान पारस खड्का रनमा अविजित रहे ।
             यसअघि किनरारा ओभलमा टस जितेर व्याटिङ थालेको अमेरिकाले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ४५ रन बनायो । अमेरिकालाई सस्तैमा समेट्ने क्रममा बसन्त रेग्मीले ५ विकेट लिए भने शक्ति गौचनले २ कप्तान पारस खड्का, विनोद दास र संजम रेग्मीले समान १-१ विकेट लिए ।
फाइनलमा ५ विकेट लिएका बसन्त  प्लेयर अफ दि म्याच बने भने प्रतियोगिता भर सर्वाधिक २१ विकेट लिएका उनी  प्लेयर अफ दि टुर्नामेन्ट समेत घोषित भए । प्रतियोगितामा सुवाषले बनाएको १ सय १५ रन व्यक्तिगततर्फ सर्वाधिक स्कोर हो भने नेपाली सिनियर क्रिकेटमा राष्ट्रिय कीर्तिमान हो । यसैगरी नेपालका शक्ति गौचनले किफयति बलिङ गर्ने क्रममा १० ओभरमा ८ मेडन राख्दै २ रन दिएर ३ विकेट लिएर विश्व कीर्तिमानी प्रर्दशन गरे । नेपालका अनिल मण्डलले १ सय १३ रनको पारी खेल्दै शतक पुरा गरे । विगतका खेलहरुमा व्याटिङ नचलेको भन्दै आलोचना खेपेको नेपाली टोलीले यो पटक भने व्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि सबै खेल जितेर उपाधिमात्र हात पारेन, ऐतिहासिक सफलता हात पार्दै नेपाल डिभिजन थ्रीमा बढुवा भएको छ ।
यसैबीच सिंगापुर प्रतियोगितामा तेस्रो भएको छ । सोमबार नै भएको खेलमा डेनमर्कलाई ५ विकेटले पराजित गर्दै सिंगापुर तेस्रो भएको हो । डेनर्माकलाई ८३ रनमा समेटेको सिंगापुरले १६ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा जित हात पारेको थियो । यस्तै तान्जनियालाई ५ विकेटले हाराउँदै मलेसिया पाँचौ भएको छ ।