Thursday, August 1, 2013

संविधानसभा चुनावको उम्मेदवारी दर्ता असोज १० गते

 मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता असोज १० गते हुने भएको छ । यस्तै समानुपातिक निर्वाचनमा भाग लिन राजनीतिक दलहरुले मनोनयन दर्ता गर्ने दिन असोज ७ गतेका लागि तोकिएको छ ।
निर्वाचन आयोगले बिहीबार स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिक निर्वाचनमा भाग लिन राजनीतिक दलहरुले मनोनयन दर्ता गर्ने समय असोज ७ गते तोकिएको छ । दलहरुले विहान १० बजेबाट ५ बजेसम्म निर्वाचन आयोगको केन्द्रीय कार्यालय, कान्तिपथ गएका उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।
८ गते नामावली दलहरुको नाम सार्वजनिक गरिनेछ भने ९ गते मनोनयन फिर्ता तथा १० गते अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । तालिका अनुसार असोज ११ गते राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची पेश गर्नु पर्नेछ । असोज ३१ गते उम्मेदवारको बन्दसूची सार्वजनिक गरिनेछ भने दावीविरोध फिर्ता लगायतको प्रक्रिया पूरा गरेपछि कात्तिक २३ गते अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यसैगरी पहिलो हुने निवाचन प्रणाली अर्थात प्रत्यक्षतर्फका उम्मेदवारहरुको मनोनयनपत्र दर्ता असोज १० गते निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकामहरुमा हुनेछ ।
११ गते मनोनयन पत्र दर्ताको सूची प्रकाशित हुनेछ भने १२ गते दावीविरोध, १३ गते जाचबुझ र १४ गते उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । यस्तै १५ गते उम्मेदवारको नाम फिर्ताको समय तोकिएको छ भने १६ गते अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई असोज १८ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।

हाँसोले बढाउँछ यौन जिवनको रोमाञ्चकता


sssविज्ञहरुका अनुसार उन्मुक्त हाँसोले मानिसको यौन जिवनलाई रोमाञ्चक तथा सुखी र खुसी बनाउन ठूलो योगदान गर्छ । मनोविज्ञहरुका अनुसार मज्जाको हाँसो हास्ने मानिसहरुमा युवा उमेरमै बुढ्यौलीका लक्षण देखिने समस्या कम हुने मात्र हैन वजन सन्तुलनमा राख्न पनि हाँसो सहयोगी हुन्छ ।
विज्ञहरुले हाँसोको यो शास्त्रलाई लोफोलोजी नाम दिएका छन् । हाँसोखुसी रहने मानिसको केवल यौन जिवन सुखी हुने मात्र होइन यसले अन्य शारीरिक तथा मानसिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्ने बताइएको छ ।
उन्मुक्त हाँसो तथा खुसीपनाले मानिसको मस्तिष्कमा विशेष खालको रसायन उत्सर्जन गरिदिन्छ । जुन मानिसको जिवनमा उर्जाको संजार गर्नमा सहयोगी हुन्छ । यस्तो हर्मोनले यौन क्षमता तथा कामेच्छा बढाउन पनि सहयोग गर्छ ।
यौन तथा रोमान्सको रोमाञ्चकता बढाउनका लागि दिनमा कम्तिमा १० देखि १५ मिनेट हाँस्नु तथा मुस्कुराउनु आवश्यक हुने यौन मनोविज्ञहरुको भनाइ छ ।
हँसमुख रहने मानिसको मानसिकता पनि सकारात्मक रहने र त्यसले पार्टनरसँगको सम्बन्ध पनि सुमधुर बनाउन सहयोग पूराउँछ । यसअघिका विभिन्न अध्ययनले पनि नियमित हाँसोले मानिसको आयू बढ्ने तथ्य सार्वजनिक गरेका थिए । हाँसोले व्यक्तिको सरीरमा निरोगीपना बढाउने, वजन सन्तुलनमा सहयोग पूराउने भएकाले त्यसले प्रत्यक्ष परोक्ष रुपमा यौन क्षमतामा पनि सकारात्मक प्रभाव पार्छ । हँसमुख रहने मानिसमा विपरित लिंगीको आकर्षण पनि बढ्ने र मुस्कान सहितको सम्भोगले यौनिक सन्तुष्टिमा पनि वृद्धि गर्ने विज्ञहरु बताउँछन् ।

पुरुषले महिलाबाट चाहने ६ कुरा

लोग्ने मान्छे भर्सेस आइमाइ मान्छेको वादविवाद अन्त्यहीन वादविवाद हो । अर्थात् यो विषयमा जसले पनि जुनसुकै कोणबाट आफुलाई माथि पार्नेगरी कुरा राख्न सक्छ । तर सत्य के हो भने पुरुषले महिलालाई कहिल्यैपनि बुझ्न सक्दैन र महिलाहरुले पुरुषलाई यथास्थितिमा स्विकार्न सक्दैनन् । तसर्थ यो लैंगिक मनोवैज्ञानिक युद्ध चलिरहन्छ । तर के त्यसो भए यस्तै युद्ध भैरहन दिने छ ? के महिला र पुरुषले एक अर्कालाई बुझ्नै सक्दैनन् त ? मनोविज्ञहरुका अनुसार यो असम्भव त होइन तर लैंगिक भिन्नता तथा चाहनाको असमानताका कारण यस्तो बुझाइ हासिल गर्न निकै कठीन हुन्छ ।
दुखको पाटो के भने महिला होस् वा पुरुष उसले आफ्नो सम्बन्धका बारेमा निकै महत्वाकांक्षा राख्दछ । त्यस्ता महत्वाकांक्षाले अन्ततः रिस, निरासा, दिक्कपना तथा झगडा निम्ताउँछ ।
महिलाको हकमा उनलाई आफ्नो पुरुष पार्टनरलाई बुझ्नु खासै गाह्रो हुँदैन भनिन्छ । त्यसैले यो अर्थमा महिलाहरु भाग्यमानी हुन्छन् । अर्थात् महिलाहरुलाई उनीहरुको पुरुष पार्टनरलाई खुसी राख्नका लागि खासै धेरै मेहेनत गर्नुपर्दैन । पुरुषको मनोविज्ञान उतिसारो जटिल हुँदैन त्यसले उसले सिधा सोँच्छ र सोही चाहन्छ । सोही सिधा कुरा बुझेर सोही अनुरुप महिला पार्टनरले गरिदिएमा पुरुष खुसी हुन्छ र उसलाई खुसी हुनका लागि अरु चाहिँदैन । एक पुरुषले आफ्नो महिला पार्टनरबाट निम्न कुराको अपेक्षा गरेको हुन्छ ः
इमान्दार प्रतिक्रिया :  महिला मित्रहरु, तपाइँले आफ्नो पुरुष पार्टनरलाई प्रभावमा पार्ने निहुँमा नक्कली संवेदना तथा प्रतिक्रिया सिर्जना नगर्नुहोस् । यदि तपाइँलाई उसले लगाएको कुरा मन परेको छैन भने सिधै भनिदिनुहोस् । लुकाउने कुरै छैन । यदि नराम्रो कुरालाई पनि राम्रो भनेर ढाँट्ने कोसिस गर्नुभयो भने भविष्यमा नराम्रो कुराको पोल खुल्नेछ र त्यसबाट तपाइँको इमान्दारिताको गरिबी पार्टनरले थाहा पाउनेछ । भन्न खोजेको कुरा के भने पुरुषहरु नराम्रो कुराको आलोचना सुन्न हिच्किचाउँदैनन् ।
सुझाव र प्रसंसा : महिलाले जस्तै पुरुषले पनि सल्लाह सुझाव चाहन्छन् । बधाइ तथा धन्यवादका भोका हुन्छन् । उसले राम्रो काम गरेको छ भने प्रसंसा गर्न नभुल्नुहोस् ।
सम्भोग : अवश्य पनि यो जैविक चाहना र आवश्यकता हो । पुरुषले महिलाबाट चाहने एउटा महत्वपूर्ण कुरा भने निश्चय पनि सेक्स हो । केवल सेक्स मात्र होइन पुरुषले महिलाबाट भरपूर माया, आलिंगन तथा चुम्बनको समेत अपेक्षा गरेको हुन्छ ।
हँसिमजाक :  महिला पार्टनर कत्तिको हँसिलो छ र उनमा सेन्स अफ ह्युमर कति छ ? भन्ने कुराले पुरुषको खुसीको स्तर निर्धारण गरेको हुन्छ । जोक्स, चुटि्कला, हाँसो तथा मुस्कान पुरुषले सुन्न र हेर्न चाहने कुराहरु हुन् ।
स्वच्छन्दता :  पुरुषले चाहने अर्को कुरा भने स्वच्छन्दता र स्वतन्त्रता हो । त्यसैले आफ्नो पार्टनर कतै घुम्न निस्किँदा, कोही महिला सहकर्मीसँग हेलमेल गर्दा तथा केही लामो समय घरबाहिर बिताउँदा शंका गर्ने बानी छ भने त्यो त्याग्नुहोस् । अधिकांस पुरुषले स्वच्छन्दता र स्वतन्त्रतालाई इमान्दार ढंगले उपयोग गर्छन् र आफ्नो सम्बन्धमा सधै इमान्दार हुन्छन् । उनीहरुलाई उनीहरुको सामाजिक तथा व्यवसायिक जिवनले त्यस्तो खालको बाह्य सम्बन्धका लागि बाध्यता सिर्जना गरिरहेको पनि हुनसक्छ । त्यसैले पुरुष पार्टनरको मनोभावना बुझ्नुपर्छ ।
विश्वास :  सम्बन्ध दिगो तथा सुखमय बनाउनका लागि सबैभन्दा महत्वपूर्ण चिज भनेकै विश्वास हो । यो संसार विश्वासमै अडेको हुन्छ । त्यसैले दाम्पत्य वा प्रेम सम्बन्धमा पनि विश्वास सबैभन्दा महत्वपूर्ण हुन्छ । अनावश्यक आशंका गर्ने, कचकच गर्ने, हरेक कुरालाई शंकाको नजरले हेर्ने काम कहिल्यै गर्नुहुँदैन ।

Saturday, January 26, 2013

सेक्सले ज्यान पनि लिन


सम्भोग मानिसको जैविक आवश्यकता हो । यो आनन्दप्राप्तिको माध्यम मात्र नभएर तनाव निवारक पनि मानिन्छ । तर सेक्स केवल आनन्ददायी तथा फाइदाजनक मात्र छैन जोखिम युक्त पनि छ । सेक्सले मानिसको ज्यानै सम्म लिनसक्ने क्यानडामा भएको पछिल्लो अनुसन्धानले देखाएको छ ।
अनुसन्धानका अनुसार सम्भोगका बेला अनिच्छित गर्भ रहने मात्र होइन हृदयाघातको खतरा पनि हुन्छ ।
अनुसन्धानका अनुसार हृदयाघातका घटनामध्ये सयमा २ प्रतिशत सम्भोगका दौरान हुने हृदयाघात हुन्छ । अर्थात् यदि १ सय जनालाई हृदयाघात भएको छ भने औषतमा २ जना सम्भोगका बेला हृदयाघात भएकाहरु हुन्छन् ।
हतारको सेक्सका कारण लिंग भाँच्चिने खतरा पनि हुन्छ । यो निकै पीडादायी मात्र होइन निको नै नहुने खालको समस्या पनि हो । असुरक्षित यौन सम्पर्कबाट यौन रोग सर्ने खतरा त छँदैछ सुरक्षित भैकन पनि अवैध रुपमा राखिने संसर्गका बेला दुबैजनाको मनमस्तिष्कमा हुने एक प्रकारको डर र कुण्ठा शारीरिक तथा मानसिक स्वास्थयका लागि हानिकारक नै हुन्छ ।