Friday, December 22, 2017

नुवाकोटमा वालुवा ब्यवसायीको दादागिरी भूकम्प पिडितलाई सहुलियत नदिन आन्दोलनको घोषणा

श्रीराम नेपाल ÷नुवाकोट
७ पुस । 
नुवाकोटका क्रसर तथा वालुवा प्रशोधन ब्यवसायीहरुले जिल्लाका भूकम्प पिडितलाई सहुलियतमा गीटि वालुवा दिनुपर्ने निर्णयको विरोध गर्दै कारोवार ठप्प पार्ने चेतावनी दिएका छन् । जिल्लाका गाउँपालिका तथा नगरपालिकाका प्रमुखसँगको वैठकमा जनप्रतिनिधीले भुकम्प पिडितलाई सहुलियतमा गिटी वालुवा उपलब्ध गराउन अनुरोध गरेपछि क्रसर ब्यवसायीले यस्तो निर्णय गरेका हुन् । 
व्यवसायीहरुले एक बिज्ञप्ती  जारी गदै अनिश्चीतकालका लागि बालुवा र गिट्टी बिक्री बितरण बन्द गरेको घोषणा गरेका छन् । व्यवसायीहरुद्धारा जारी बिज्ञप्तीमा भनिएको छ नुवाकोट बालुवा प्रशोधन व्यवसायी संघका अध्यक्ष राजकुमार थापा, उपाध्यक्ष प्रकाश राई र महासचिब कृष्ण अधिकारीद्धारा जारी बिज्ञप्तीमा भुकम्प पिडतलाई सहुलियत दिनुपरेमा टिफर व्यवसायी, क्रसर व्यवसायी लगायत बालुवा प्रशोधन व्यवसायी र भुकम्प पिडीतहरु सहितको एकबद्धतामा चक्का जाम र नुवाकोट बन्द समेत गरिने धम्की दिईएको छ । जनप्रतिनिधीहरुले भुकम्प पिडितलाई सहुलियत दिन गरेको आग्रहलाई ब्यवसायीहरुले अनावस्यक झमेलाको रुपमा लिर्दै आन्दोलनको घोषणा गरेका हुन् । विज्ञप्तीमा आफूहरुले भूकम्प पिडितलाई सहुलियत दिन खोजेको तर जनप्रतिनिधीले कर लगाई झमेला दिईएको आरोप लगाईएको छ । 
जिल्लामा हाल चार दर्जन बढि वालुवा प्रशोधन केन्द्रहरु रहेका छन् । नुवाकोटमा वैधानिक क्रसर उद्योग एउटा पनि नरहेको कारण घरेलु तथा साना उद्योग विकास समितिमा धादिङ जिल्लावाट वालुवा ल्याई प्रशोधन गर्ने भन्ने कागजात पेश गरेर ती केन्द्रहरु दर्ता भएका हुन् । तर, प्रशोधन केन्द्रहरुले जिल्लाकै विभिन्न अवैधानिक खानीबाट वालुवा उत्खनन् गरी प्रशोधन गर्दै आएको पाईएको छ । केहि प्रशोधन केन्द्रले प्रशोधनको ईजाजतपत्र देखाएर त्रिशूली नदीबाट वालुवा उत्खनन् गर्दै आएको समेत पाईएको छ । जथाभावी रुपमा प्रशोधन केन्द्र संचालनमा आएका छन्–वेलकोट गढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले भने–वैधानिक रुपमा संचालन गर भन्दा करोडौंको लगानी फसाउन खोजेको भनेर जनप्रतिनिधीमाथि नै ब्यवसायी खनिने गरेका छन् । ब्यवसायी र जनप्रतिनिधी विच जिल्ला समन्वय समितिको कार्यालयमा सम्पन्न अन्तक्र्रियामा ब्यवसायीहरुले पटक–पटक ब्यवसाय संचालन गर्न पाउने अधिकार कुण्ठित गरेको भन्दै जनप्रतिनिधीको आलोचना गरेका थिए । जनप्रतिनिधीहरुले लगानी गरेकै नाममा अवैध काम गर्न छुट दिन नसकिने वताएपछि ब्यवसायी र जनप्रतिनिधीविचमा वाकयुद्ध नै चलेको थियो । विदुर नगरपालिकाकी उपप्रमुख गिता दाहालले भनिन्–करोड होईन अरवौ÷खर्वौ लगानी गरेपनि ब्यवसाय अवैध छ भने वैध काम गर्न सुझाव दिनु जनप्रतिनीधीको कर्तब्य हो । 
व्यवसायीहरुले अनिश्चीतकालका लागि बालुवा गिटी बिक्री बितरण नगर्ने घोषणा गरेपछि नुवाकोटका भुकम्प पिडीत भने मर्कामा परेका छन् । पुस मसान्त सम्ममा दोस्रो किस्ता नलिएमा पैसा नपाउने सरकारले बताइरहेको अवस्थामा व्यवसायीहरुको हडतालले भुकम्पपिडीतहरु मर्कामा परेका हुन् । सहुलियत दिनुपर्छ भनेर ब्यवयाय वन्द गरेको विज्ञप्ती जारी गरिएपनि प्रशोधन केन्द्र र क्रसरबाट वालुवा विक्री भने नरोकिएको स्थानीय उपभोक्ताहरु बताउछन् । 

Sunday, December 10, 2017

नुवाकोटका सवै क्षेत्रमा वाम गठवन्धन विजयी

श्रीराम नेपाल/नुवाकोट समाचारदाता
मंसिर २४, नुवाकोट
नुवाकोटको प्रतिनिधिसभा प्रदेश सभा निर्वाचनमा सवै क्षेत्रमा वाम गठवन्धन विजयी भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्रिहरु डा रामशरण महत र अर्जुननरसिंह केसी पराजित हुनुभएको छ । ।
नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी हुनुभएको छ । तामाङ ३६ हजार ४७३ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता डा. रामशरण महतले २७ हजार हजार ९२०मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडा ३६,८९२ मत ल्याएर बिजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले २६,३३५ मत प्राप्त गर्नुभयो । बिजयी हुनुभएका एमालेका उम्मेदवार खतिवडाले १०,५५७ मत बढी ल्याउनुभएको हो ।
यस्तै, प्रतिनिसभा सदस्य–१ को प्रदेश ‘क’ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राधिका तामाङले १८,१३७ मत ल्याएर बिजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र थिङले १३,३६८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिनुभयो । माओवादी केन्द्रका उम्मेदवार तामाङले ४,७६९ मतान्तरले बिजयी हुनुभएको हो ।
यस्तै, प्रदेश ‘ख’ तर्फ नेकपा एमालेका उम्मेदवार बद्री मैनाली २०,५०९ मत ल्याएर बिजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महतले १२,२१७ मत प्राप्त गरेर निकटतम प्रतिस्पर्धी बन्नुभयो । एमाले उम्मेदवार मैनालीले ८,२९२ मत बढी ल्याएर बिजयी हुनुभएको हो ।
यस्तै, नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा ‘क’मा नेकपा एमालेका उम्मेदवार केशवराज पाण्डेले २०,००९ मत ल्याएर बिजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार जगदिश्वरनरसिंह केसीले १२,७२९ मत प्राप्त गर्नुभयो । बिजयी हुनुभएका एमालेका उम्मेदवार पाण्डेले ७२८० मत बढी ल्याउनुभएको हो । प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेश ख मा बाम गठबन्धनका उम्मेदवार हिरानानाथ खतिवडाकोे १५ हजार ५८९ मत ।  नेपाली कांग्रेसका जगत तामाङले १२७८० मत ।

Wednesday, December 6, 2017

प्रकाशशरण महत माथि दूर्व्यवहार

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलका कार्यकर्ताहरुले नेपाली काँग्रेसबाट काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार डा प्रकाशशरण महत माथि दूर्व्यवहार गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अघिल्लो दिन उनीहरुले काठमाडौंको बसुन्धरामा महतमाथि दूर्व्यवहार गरेका हुन् । 
बसुन्धरास्थित विजी मार्टको माथिल्लो तल्लामा रहेको स्थानीय काँग्रेस कार्यकर्ता श्री सापकाेटाको कार्यालयमा काँग्रेसका केही कार्यकर्ताहरुसँग चिया खार्इरहेका डा महत सहित करिब आधा दर्जन नेता कार्यकर्तामाथि एमाले कार्यकर्ताले दूर्व्यवहार गरेका हुन् । 
टोखा नगरपालिका वडा न‌ं ७ का वडाध्यक्ष नरोत्तम राना मगरको नेतृत्वमा आएका करिब ७०-७५ जनाको टोलीले महत सहितका नेता तथा कार्यकर्तामाथि एक्कासी दूर्व्यवहार गरेका हुन् । साँझ ६ बजेको आसपासमा महत बसेको कार्यालयको ढोका फोर्दै उनीहरु तोडफोडमा समेत उत्रिएका थिए। स्थानीय जनप्रतिनिधि समेत रहेका रानाको नेतृत्वमा आएका उनीहरुले गुण्डागर्दी शैलीमा महत र उनीसँगै रहेका पूर्व सा‌ंसद् बहादुर लामामाथि समेत हातपातको प्रयास गरेका थिए । 
महत लगायतका नेता कार्यकर्तामाथि दूर्व्यहार भएको थाहा पाएपछि काँग्रेसका कार्यकर्ताहरु पनि बसुन्धरा पुगेका थिए । उनीहरुले पछि प्रहरीलार्इ समेत खबर गरेपछि एमाले कार्यकर्ताहरु तितरवितर भएका थिए ।
मौन अवधिको सम्मान गर्दै प्रचारप्रसारमा ननिस्किएपनि चुनावी रणनीति र बुथमा खटिने कार्यकर्ताहरुको बन्दोबस्तीको विषयमा छलफल गर्नको लागि केही सीमित कार्यकर्ताहरुसँग गरिएको छलफलको बेलामा एमालेका कार्यकर्ताहरुले गरेको दादागिरी र हुलहुज्जतको काँग्रेस उम्मेदवार महतले भर्त्सना गरेका छन् । उनले आफू माथिको यो आक्रमण एमालेहरुको पराजीत मानसिकताको उपज भएको बताएका छन् । 

Tuesday, November 7, 2017

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु


कात्तिक २१  । नुवाकोटको तादी गाउँपालिका वडा नं ४ स्थित सुन्दरादेवीको बाह्रबिसेमा आज विहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कान्तिपुर डेन्टल जनरल हस्पिटल, नयाँबजार काठमाडौँबाट सञ्चालनमा रहेको बा १६ च ८९७ नं. को एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका २४ वर्षिय सन्दीप भारतीको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।
एम्बुलेन्स सडकबाट करिब ५० मिटर तल पुगेको जिप्रका नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो । एम्बुलेन्समा समुन्द्रटारबाट तीनजना चढेर काठमाडौँ जान लागेको भए पनि दुर्घटनापछि बाँकी दुईजना सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । एम्बुलेन्सका चालक को थिए भन्नेसमेत खुल्न बाँकी छ । दुर्घटनापछि एम्बुलेन्स सञ्चालन गर्ने संस्था कान्तिपुर डेन्टल जनरल हस्पिटललाई जानकारी गराएकाले त्यहाँबाट प्रतिनिधि आएपछि थप जानकारी खुल्ने प्रहरीले जनाएको छ । एम्बुलेन्समा सवार अन्य दुई जना सम्पर्कमा नआएकोले घटना रहस्यमुलक रहेको र अनुसन्धान जारी रहेको विष्टले जानकारी दिनुभयो ।

Monday, November 6, 2017

परिवर्तन संस्थागत गर्न कांग्रेसको जित आवस्यक–डा. महत

नुवाकोट सन्देश समाचारदाता
विदुर, कार्तिक २० गते ।
नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नं १ का उम्मेद्वार डा रामशरण महतले मूलुकमा भएको परिवर्तन संस्थागत गरी दिगो आर्थिक विकासका लागि नेपाली कांग्रेसको विजय आवस्यक रहेको वताएका छन् । आफ्नो निर्वाचन क्षेत्रको छहरे, लिखु, चिसापानी लगायत स्थानमा चुनावी भेटघाट र सम्बोधनमा रहेका डा महतले   लोकतन्त्र, बहुलवाद, जनताका अधिकार, महिला तथा जातजातिका अधिकार, सामाजिक न्याय लगायत आर्थिक परिवर्तन र रुपान्तरणका लागि नेपाली कांग्रेसको विकल्प नरहेको वताएका हुन् ।
नुवाकोटको आर्थिक, सामाजिक विकासमा आफू सँधै क्रियाशिल रहेको स्मरण गर्दै नेता डा महतले लिखु, खानीगाउँ, चौघडा, लगायत क्षेत्रमा आफ्नो पहलमा विकासका पूर्वाधारहरु वनेकैले यस क्षेत्रको आर्थिक सामाजिक विकास लोभलाग्दो देखिएको वताए । वर्तमान वाम गठवन्धन सत्ता र शक्ति प्राप्तीका लागि मात्र भएको भन्दै डा महतले कम्युनिष्टबाट आर्थिक सम्बृद्धी सम्भव नरहेको वताए । नेता महतले भने –‘ एमाले र माओवादीहरु संसदबाद, बहुलवाद, स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायालय, मानव अधिकार, उदार आर्थिक नीति जस्ता कांग्रेसका आर्थिक तथा राजनीतिक एजेण्डामा लगभग आइसकेका छन भनेको त फेरि उनीहरु कम्युनिष्टको नाममा गठबन्धन गरिरहेका छन । यो लोकतन्त्रका लागि ठूलो खतरा हो । विश्व राजनीति तथा आर्थिक परिवेशमा आएको परिवर्तनलाई उनीहरुले मनैदेखि स्वीकारेको देखिएन ।’
जनतालाई यी अधिकार दिलाउन कांग्रेसले ठूलो त्याग तपस्या, बलिदान गरेको उल्लेख गर्दै नेता महतले  यी अधिकारहरु कुण्ठित गर्ने कुनै पनि गतिविधिहरु कांग्रेसलाई असह्य हुने बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन गरेलगत्तै आगामी दश बर्ष्भित्रमा साम्यबाद ल्याउने उद्घोष गरेको प्रसंग उल्लेख गर्दै उनले भने , ‘जनताको अधिकार कुनै हालतमा खोस्न पाइदैन । संसारबाट लोप भैसकेको कम्युनिष्ट शासन व्यवस्था नेपालमा कसैले स्वाकार्ने छैन । जनताले कम्युनिष्ट शासन व्यवस्था ल्याउनेमा मत दिँदैनन् । तर गठबन्धनभित्रको अन्तर्यका बारेमा जनतालाई स्पष्ट कुरा भनिदिनुपर्छ ।’
नेता महतले २०४८ सालमा कांग्रेस सरकारले शुरु गरेका उदार आर्थिक नीतिका कारण अर्थतन्त्रको आधुनिकीकरण भएको र माओवादी हिंसा र राजनीतिक अस्थिरताका बीच उल्लेखनीय उपलब्धिहरु हासिल भएको बताए । उनको भनाई थियो, सामन्तवादी संरचनालाई रुपान्तरण गरी आधुनिक अर्थतन्त्रको जग हामीले नै हालेका हौं । हिजोको कुन अवस्थाबाट हामी यस अवस्थामा आएका हौ भन्ने बुझ्न जरुरी छ । तथ्यांक पेस गर्दै उनले भने – ‘उदार आर्थिक नीति अवलम्वन गरी स्वदेशी विदेशी पुँजी आकर्षित गरिएपछि अर्थतन्त्रमा ठूलो विस्तार आएको छ । शिक्षा, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था, विमान कम्पनी, सञ्चार सेवा, सडक यातायात, शुद्ध खानेपानी, विजुलीबत्तीमा पहुचमा विस्तार आएको छ । आर्थिक गतिविधिमा आएको विस्तारसँगै राजस्व असूली बढेको छ । ४८ सालमा वार्षिक १२ अर्बको राजस्व रहेकोमा अहिले ७ सय अर्बभन्दा बढी उठ्न थालेको छ र यही रकमलाई गाउँको विकासमा खर्च गर्ने गरिएको छ । ४८ सालमा ७ हजार किमी सडक रहेकोमा अहिले सबै किसिमका सडकहरुको हिसाव गर्दा ८० हजारभन्दा बढी मोटरबाटो बनिसकेको छ । सेवा विस्तारसँगै जनताको औषत आयु ५४ बर्षबाट बढेर ७१ बर्ष पुगेको छ । यो सबै कांग्रेसकै नीतिका कारण संभव भएको हो । ’
त्यसक्रममा कांग्रेसका प्रभावशाली नेता महतले नुवाकोटको समग्र विकासमा कम्युनिष्टको कुनै योगदान नरहेकाले आगामी निर्वाचनमा पनि नुवाकोटको विकासको सारथी नेपाली कांग्रेसले सबै क्षेत्रमा गर्विलो जित हासिल गर्ने बताए । ‘विपक्षीहरु अझै पनि कांग्रेस भित्र विवाद भए जितिएला भन्ने मृगतृष्णा पालिरहेका छन् । तर, नुवाकोटको कांग्रेस सम्पूर्णरुपमा एकताबद्ध रहेकाले उनीहरुको सपना सपनामै सीमित हुनेछ’, नेता महतको थप भनाइ थियो ।

Saturday, November 4, 2017

कांग्रेस नेता केसी भेटघाटमा


नुवाकोट सन्देश समाचारदाता
विदुर, कार्तिक १८ ।
मंसिर १० को निर्वाचनको मिति नजिकिँदै जाँदा नुवाकोटमा चुनावी सरगर्मी बढेको छ । प्रतिनिधीसभा तथा प्रदेश सभाका उमेदवारहरुले घरदैलो र राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन् ।
नुवाकोट क्षेत्र नं २ का कांग्रेस उमेदवार अर्जुन नरसिंह केसीले शुक्रवारबाट भेटघाटलाई तिब्रता दिएका छन् । उमेदवार चयनका लागि नेपाली कांग्रेस केन्द्रिय समितिले गठन गरेको संसदीय बोर्डको सदस्य रहेका कारण दोश्रो चरणको निर्वाचनका लागि उमेदवार चयन गर्न राजधानीमा नै ब्यस्त रहेका केसी उमेदवारी चयनको काम सम्पन्न भएसँगै जिल्ला आएर राजनीतिक भेटघाटलाई तिब्रता दिएका हुन् । सदरमुकाम विदुरस्थित निजी नीवासमा केसीले शनिवार मात्रै जिल्लाका उद्योगी, ब्यापारी, वोद्धिक वर्ग, संचारकर्मी लगायत सँग छलफल गरेका छन् । भेटघाटका क्रममा नेता केसीले संविधान कार्यान्वयन र दिगो आर्थिक विकासका लागि नेपाली कांग्रेसले मुलुकको नेतृत्व गर्न जरुरी रहेको भन्दै लोकतान्त्रिक शक्तिलाई विजयी गराउन भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । प्रेस युनियन आवद्ध संचारकर्मीसँगको भेटघाटमा नेता केसीले जिल्लाको विकास निर्माणमा आफूले गरेका कामहरुको स्मरण गर्दै जिल्लालाई सम्मुन्नत जिल्लाको रुपमा स्थापित गर्न आफू चुनावी मैदानमा आएको वताएका छन् । जिल्लाका संचारकर्मीहरुले राष्ट्रिय÷अन्तराष्ट्रिय छवि भएका नेताको उमेदवारीबाट यस क्षेत्रका नागरिक उत्साही रहेको धारणा ब्यक्त गरे । केसीले आजै विदुर नगरक्षेत्रका उद्योगी, ब्यापारी र युवाहरुसँग पनि भेटघाट गरेर चुनावी अभियान अघि बढाएका छन् ।
यसअघि तत्कालिन नुवाकोट क्षेत्र नं १ बाट लोकप्रिय मतका साथ विजयी भएका केसी क्षेत्र पुनरसंरचना सँगै क्षेत्र नं २ बाट प्रतिनिधीसभा उमेदवार बनेका हुन् । केसी क्षेत्र नं ३ बाट पनि यसअघि विजयी नेता हुन् ।


Thursday, November 2, 2017

डा महतद्धारा काठमाण्डौं ५ मा उमेदवारी, कार्यकर्ता तथा शुभचिन्तक उत्साही

नुवाकोट सन्देश संवाददाता
काठमाण्डौं । कार्तिक १५ गते
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले काठमाण्डौ क्षेत्र नं ५ वाट उमेदवारी दिनुभएको छ । मंसिर २१ म हुने प्रतिनिधीसभा निर्वाचनका लागि नेता महतले त्यस क्षेत्रबाट उमेदवारी दिुनुभएको हो ।
उमेदवारी दिन निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका महतको साथमा कांग्रेसका सयौ नेता कार्यकता तथा शुभ चिन्तक रहेका थिए । उमेदवारी दर्ता गर्दै डा महतले देशमा संविधान जारी भई कार्यान्वयन भईसकेको अवस्थामा अव आर्थिक संवृद्धीको वाटोमा अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । डा महतले हरेक परिवर्तनको नेतृत्व गरेको नेपाली कांग्रेसले नै आर्थिक सम्वृद्धीको नेतृत्व पनि गर्ने वताउनुभयो ।
उहाँले आफु क्षेत्र नंं. ५ को समग्र विकासका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।  डा. महतले क्षेत्र नं. ५ मा रहेका ऐतिहासिक एंव धार्मिक मठमन्दिर, जात्रा र पर्वहरुको संरक्षण र संर्बदनमा आफुले महत्वका साथ काम गर्ने समेत बताउनुभयो । उहाँले क्षेत्र नं. ५ का जनता लोकतन्त्र प्रति प्रतिबद्ध रहेकाले कांग्रेसको जित सुनिश्चित रहेको बताउँदै कार्यकर्तालाई उच्च मनोबलका साथ चुनावी अभियानमा लाग्न आब्हान गर्नुृभयो । त्यस अवसरमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ का क्षेत्रिय सभापति रमेश खड्काले लोकतान्त्रिक मुल्य मान्यता जोगाउन पनि कांग्रेसलाई जिताउनु पर्ने बताउनुभयो । उहाँले क्षेत्र ५ ले सक्षम नेतृत्व उम्मेदवारका रुपमा पाएका कांग्रेस जित सुनिश्चित भएको विश्वास ब्यक्त गर्नुभयो । 
नेपाली कांग्रेसका वौद्धिक नेता नरहरी आचार्य विजयी हुँदै आउनुभएको यस क्षेत्रमा हाल आचार्य विरामी हुनुभएकोले डा महत निर्वाचनमा उठ्नुभएको हो । डा महतको उमेदवारी दर्ताका क्रममा भेला भएका काठमाण्डौं क्षेत्र नं ५ का नेता कार्यकर्ताले यस क्षेत्रमा नरहरी आचार्य जस्तै निष्ठावान र वौद्धिक नेताको आगमन भएको भन्द्र खुसीयाली ब्यक्त गरेका छन् ।

नुवाकोटलाई प्रदेश नं. ३ को राजधानी बनाउँछौँः केशव पाण्डे, नेता, एमाले

नेकपा एमालेका नेता केशव पाण्डे यही मंसिर १० मा हुने प्रदेशसभाको निर्वाचनमा नुवाकोट जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन । स्थानीय निर्वाचनको मतलाई आधार मान्ने हो भने पाण्डेको जित निश्चित छ । स्थानीय निर्वाचनमा जिल्लोको ठूलो पार्टी बनेको एमालेको स्थानीय तहसम्मको संगठन बलियो रहेको र पार्टी एजेण्डा राष्ट्रिय समृद्धि भएकाले आफूले चुनाव जित्नेमा पाण्डे ढुक्क छन । फेरी नुवाकोटलाई ३ नम्बर प्रदेशको राजधानी बनाउन पाण्डेले केही समयअघिदेखि नै गरेको पहल सार्थक बनाउन पनि जनताले मत दिनेमा उनी विश्वस्त छन । आगामी निर्वाचनको तयारी लगायतको विषयमा आजकोन्युजले पाण्डेसँग गरेको कुराकानी ।

चुनावी अभियान कसरी अघि बढिरहेको छ ? 
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट संयुक्त उम्मेदवारी दिएका छाैँ । यसको पहिलो चरणको कार्यक्रम अन्र्तगत प्रतिनिधिसभा क्षेत्र नं. २ स्तरीय कार्यक्रम पनि बान्द्रेमा गरिसकेका छौँ । अहिले हामी घरदैलो, गाउँपालिकास्तरीय भेला, प्रशिक्षण, भेटघाटजस्ता कार्यक्रम सञ्चालन गरिरहेका छौँ । विस्तारै विस्तारै चुनावी आमसभामा केन्द्रीत हुँदै दुई पार्टीवीचको गठबन्धन भएकाले संयुक्त भेला निर्वाचन परिचालक कमिटि गठन लगायतका कार्यक्रम गरिरहेका छौँ ।

तालमेल गरेर चुनावमा उत्रिदा कार्यकर्ताको मनोभावना कस्तो पाउनुभयो ? 
कार्यकर्तामाझ अत्यन्त उत्साह रहेको छ । यो उत्साह नागरिक तहसम्म पुगेको छ । कार्यकर्ता तहमा कसरी व्यवस्थापन हुन्छ भन्ने अन्योलमा कता कता भएको हुन सक्छ । त्यो पनि शिर्ष नेताहरुले टुंग्याउने कुरा भयो ।
22788648_10154703405261910_3573076883063410789_n
उत्साह हुनुपर्ने कारण त्यस्तो केही छ र ? 
नेपाली नागरिकहरुको कम्युनिष्टहरु एकै ठाउँमा उभिदिए हुन्थ्यो भन्ने लामो समयदेखिको चाहना हो । तर, विविध कारणवस यो कुराले निरन्तरता पाउन सकेको थिएन । अहिले दुई प्रमुख घटकहरु एक ठाउँमा उभिएका छन् । त्यसैले नागरिकहरु सबैभन्दा खुशी छन् । दोस्रो कुरा नेपालमा परिवर्तनको नेतृत्व गर्ने पार्टी नै कम्युनिष्ट पार्टी हुन् । यो कुरा नागरिकलाई थाहा छ । बाहिरी प्रचारमा जे भएपनि फिल्डमा खट्ने, लाग्ने पार्टी कम्युनिष्ट पार्टी हो यो पार्टीले नै परिवर्तनकोनेतृत्व गर्न सक्छ भन्ने कुरा आम नागरिकलाई राम्रोसँग थाहा छ । तेस्रो कुरा प्रगतीशील फड्को मार्ने देशमा विकास निर्माण र सामाजिक सुरक्षासम्मको कुरामा अग्रगामी कुरामा कम्युनिष्ट पार्टीले मात्र अग्रगामी दृष्ट्रिकोण अगाडि सारेको छ । यसले मात्र यसको नेतत्व गर्न सक्छ भन्ने कुरा थाहा छ । चौथो कुरा हामी ६÷६ महिनामा सरकार परिवर्तन गर्ने प्रवृत्ति रहेको छ । त्यसमा पनि बाह्य हस्तक्षेप रहने कुरा छ । नेपाली जनता त्यसको अन्त्य गर्न चाहन्छन् । दीगो सरकार गठन गर्नेए र बाह्य हस्तक्षेप विरुद्ध यो एकता र गठबन्धनले अन्त्य गर्नेछ । पाँचौ कुरा राष्ट्रियताको सवालमा डटेर कुरा गर्ने वकालत गर्ने, राष्ट्रिय मुद्दामा एकजुट भएर अघि बढ्ने पार्टी नै कम्युनिष्ट हुन् । त्यसैले यिनीहरु मिल्दा राष्ट्रिय स्वाधिनता, अखण्डतामा सार्वभौमिकताको रक्षा हुन सक्छ भन्ने नागरिकले प्रत्यक्ष महसूस गरेका छन् । त्यसकारण नागरिकहरु इो गठबन्धनको पक्षमा छन् ।

चुनावी कार्यक्रम लिएर गाउँगाउँमा पुग्दा नागरिकहरुको प्रतिक्रिया कस्तो पाउनुभयो ? 
उहाँहरुको शुभेच्छा, शुभकामना मैले प्राप्त गरेको छु । तपाईहरु लाग्नुस् यसलाई सकारात्मक रुपमा अघि बढाउनुहोस् भन्ने शुभेच्छा रहेको छ । सँगसँगै प्रतिनिधिसभा र प्रतिनिधिसभाको निर्वाचन सँगै हुन लागेको छ । प्रत्यक्ष र समानुपातिकको फरक फरक मतपत्र हुने र हामी गठबन्धन बनाएर अघि बढिरहँदा निर्वाचनमा मतदान गर्ने कुरामा केही कन्फ्यूजहरु छन् । कसरी मतदान गर्ने के गर्ने, हाम्रो मत बदर त हुँदैन भन्ने कन्फ्युज छन् । यसलाई चुनावको क्रममा हटाएर लैजाने छौँ । अर्को कुरा विकास निर्माणमा यो तालमेलले थप टेवा पु¥याओस् र पहिलेजस्तो जितेर जाने र जनताको काम नगर्ने, मन्त्री बन्ने अनि नफर्कने कुरामा स्थिति नबनोस् र यी कुराहरुलाई चिर्न गठबन्धन सचेत भएर अघि बढोस् भन्ने चाहना रहेको छ ।

यो तालमेलप्रति कतिपय कार्यकर्ता र नागरिकहरु संसय व्यक्त गरिरहेका छन् नी ? एकता गाह्रो छ, दीर्घकालीन रुपमा एकता सम्भव छैन भन्नेहरु पनि छन्, के भन्नु हुन्छ ? 
केही भ्रम हुनु स्वभाविकै थियो । एकताका निम्ति, चुनाव आइसकेको थियो , त्यस्तो अवस्थामा हामीसँग दुई वटा बाटाहरु थिए । एउटा तत्काल एकता घोषणा गर्ने अनि निर्वाचनमा जाने । अर्को निर्वाचनमा सँगै जाने । निर्वाचन नजिकै आइसकेकोले तुरुन्त एकताको घोषणा गरेर जाँदा धेरै कुराहरु मिलाउन गाह्रो हुन्थ्यो, त्यसैले त्यो त्यति सम्भावना थिएन । त्यसैले यी दुई वटा पार्टीहरुमा चुनावी तालमेल गर्ने र यो तालमेलाई चुनाव पछि पार्टी एकीकरणमा लगेर टुंग्याउने सहमति भएको छ । यस विचमा के प्रयाससम्म भयो भने हामी एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा उभिने कुरा पनि भयो । तर, यो कानुनी रुपमा त्यति सहज भएन र फरक फरक चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छौँ । यसको मुल उद्देश्य भनेको पार्टी एक बनाउने नै हो । यसमा कुनै संसय छैन । पार्टी पंक्तिमा जुन उत्साह देखिएको छ यसले पार्टी एकता हुन्छ भन्ने कुरामा ढुक्क नै छ ।

एजेण्डगत हिसावमा त एमाले र माओवादी फरक फरक बाटोमा हिँडिरहेका छन् यसको समायोजन कसरी हुन्छ ? 
हो, मुल कुरा विचार र सिद्धान्तको कुरा हो । नेकपा एमालेले अंगिकार गरेको बहुदलीय जनवाद हो । यसलाई हामीले हाम्रो पार्टीको मार्गदर्शन सिद्धान्त भनेका छौँ । र माओवादी केन्द्रले अंगिकार गरेको एक्काइसाँै सताब्दीको जनवाद हो । यसका वीचमा खासै भिन्नता छैन । हामीले हिजो अस्तीमै भनेका थियौँ, जवजकै अर्को रुप हो । तर यसमा व्यवहारिक रुपमा सांगठानिक रुपमा केही फरक छन् । तत्कालीन कार्यनितिको बारेमा केही फरक पाटाहरु छन् । तत्कालीन समयमा जनयुद्धको आवश्यकता छैन, शान्तिपूर्णआन्दोलनको माध्यमबाट परिवर्तन ल्याउन सकिन्छ भन्ने एमालेको धारणा थियो, अन्तत माओवादीले त्यही ग¥यो । त्यसकारण यो ठूलो कुरा हो जस्तो मलाई लाग्दैन । यसमा नेतृत्व पंक्तिलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा केही चुनौती छ । पार्टी एकीकरणका बेला यी सबै कुराहरु मिलाएर अघि बढ्छौँ ।

प्रसंग बदलौँ, नुवाकोटमा प्रदेशसभातर्फ उम्मेदवारी दिनुभएको छ, तपाईका एजेण्डाहरु के के छन् ? 
अहिलेको मुख्य एजेण्डा भनेको संविधान कार्यान्वयन नै हो । घोषणा भएको संविधानको व्यवहारिक कार्यान्वयन गर्नको लागि निर्वाचन जरुरी थियो । निर्वाचन पछि पनि यसलाई सही ढंगले कार्यान्वयन गर्नको लागि कम्युनिष्टकै सरकार आवश्यक छ । संविधान बनाउन जसले ठूलो योगदान दियो, उसैले मात्र संविधानको रक्षा गर्न सक्छ । फलानो प्रधानमन्त्री भएको बेला संविधान जारी भयो भनेर भन्ने गरिएको छ , संविधान जारी गर्ने अभिभारा संविधानसभा अध्यक्ष (सभामुख) को हो । संविधानसभाका नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ हुनुहुन्थ्यो । त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्र सहमत नभएका भए के संविधान जारी गर्न सम्भव थियो ? त्यस्तो अवस्थामा फेरी पनि संविधान जारी नहुन सक्थ्यो । धेरै एजेण्डाहरुमा हामी सहमत भएर गएका छौँ । दोस्रो कुरा संविधानमै उल्लेख भएको छ, यो संविधान समाजवाद उन्मुख छ । समाजवाद कम्युनिष्टहरुको नारा हो । त्यसैले यसलाई सही ढंगले लागू गर्नको लागि हामीले जित्नु आवश्यक छ । तेस्रो कुरा समृद्धिको कुरा हो । यो हामीले नै अघि सारेका हौँ । एउटा राजनीतिक आन्दोलन सकिएको छ, अव देशले नयाँ फड्को मार्नुपर्छ, देश आर्थिक विकास र उन्नतीको दिशामा अघि बढ्नुपर्छ त्यसको लागि विकास निर्माणको आन्दोलन नै अहिलेको आवश्यकता हो । हामी यही नाराका साथ जनतामाझ गइरहेका छौँ ।
22815164_1637518712935462_6052657076367818186_n
नुवाकोटको सन्दर्भमा के के योजना छ ? 
नुवाकोटमा हरेक पटक मन्त्री नछुट्ने जिल्लाको रुपमा चिनिन्छ तर, हाम्रो विकास निर्माणको गति हेर्ने हो भने लाजमर्दो अवस्थामा हामी रहेका छाँै । झुट्टा आश्वसन दिएर चुनाव जितेर जाने र संसदमा फोहोरी राजनीतिक गर्नमा यहाँका केही पार्टीका नेताहरु लागे । परिणाम स्वरुप नुवाकोटको विकासले गति लिन सकेन । नुवाकोटमा विकास र नागरिकहरु समृद्ध भए भने हाम्रो राजनीति सकिन्छ भन्ने भ्रम पनि दलका नेताहरुमा पाइन्छ । नुवाकोट सम्भावना रहेको जिल्ला हो । नुवाकोटमा विकास गर्ने ठूला र धेरै अवसरहरु छन् । यी अवसरलाई सदुपयोग गर्नको लागि पनि बाम गठबन्धनका उम्मेदवारहरुले जित्नु आवश्यक छ । पछिल्लो समय चीनसँगको सम्वन्ध र केरुङ नाकाको विकासका कारण नुवाकोट धेरै चर्चामा रहेको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला भएको १६ बुँदे सहमतिले नुवाकोटले धेरै फाइदा लिन सक्छ । त्यसको लागि पनि हाम्रो नेतृत्व आवश्यक छ ।

अर्को हामीले एउटा अभियान सुरु गरेका छौँ । प्रदेश नं. ३ को राजधानी नुवाकोटमा बनाइनु पर्छ भनेर भनेका छौँ । नुवाकोट विभिन्न हिसावले राजधानी बन्न लायक छ । यो कुरा हामी सबैले बुझ्नुपर्छ । यसको लागि थुप्रै तर्कहरु हामीले अघि सारेका छाँै । प्रदेशको राजधानी बनाउने कुरा गठबन्धनका उम्मेदवारहरुले जितेनन् भने यो कुरा यही टुंगिने छ । मध्यपहाडी लोक मार्गमा वेत्रावतिदेखि धादिङको बैरेनीसम्म स्मार्ट सिटी बनाउने कुरा छ । हामी यो क्षेत्रलाई स्मार्ट सिटी बनाउनको लागि प्रयास गरिरहेका छौँ । हुन त धादिङ बैरेनीलाई आधुनिक सहर बनाउने चर्चा चलेको छ, तर, मध्यपहाडी लोकमार्गले अहिले त्यहाँ छुँदैन, त्यसैले पनि हामी बैरेनीबाट त्रिशूली खोलाको किनारैकिनार बेत्रावतिसम्म स्मार्ट सिटी बनाउन सक्छौँ । यो प्रदेशसभामा पर्ने बेलकोटगढी र विदुर नगरपालिकाको विकासको लागि हाम्रो पार्टी वा गठबन्धनको महत्वपूर्ण योगदान हुने छ । साथै सदरमुकाम सम्म हरेक गाउँपालिकाबाट पक्की सडकले जोड्ने गाउँपालिका केन्द्रसम्म हरेक वडाबाट पक्की सडक सञ्जालको विकास गर्नेलगायतका थुप्रै कार्यक्रमहरु हामीले घोषणा गरेर चुनावमा मतदातामाझ गइरहेका छौँ ।

मन्त्रीहरु धेरै भए तर विकास भएन भन्नु भयो ? किन विकास भएन जस्तो लाग्छ ?
मैले अघि पनि भनेँ, जनतामाझ झुटो आश्वसन दिने अनि पूरा नगर्ने, अर्को कुरा विकास र समृद्धिको लागि सोच नै उनीहरुसँग भएन र विकास भएन । यदि सोच भइदिएको भए नुवाकोट राजधानीसँग जोडिएको जिल्ला कति चाँडो विकास हुन्थ्यो, सोच र भिजन भइदिएको भए । यो मैले बताइरहनु पर्दैन । यतिसम्मकी यहाँका नेपाली कांग्रेसका नेताहरु अरुले गरेको काम जस लिनलाई नाग टाँसेझँै पसल पसलमा टाँसेर जनता झुक्याउँदै आएका छन् । अर्थ मन्त्री विष्णु पौडेल हुँदा नुवाकोटमा पहिलेको तुलनामा २० गुना बढी योजना र रकमहरु परेका छन् । तर,यी योजनाहरुलाई विफल बनाउन कांग्रेसका मित्रहरु लागिरहेको पनि हामीले देखेका छौँ । यसको उदाहरणको लागि पात्ले दुईपीपल सडकको टेण्डर भइसकेको काम फिर्ता गराउने काम भएको छ । यसले पछिल्लो समय राजनीतिलाई फटाई गरेर जालझेल गर्नेहरुका कर्तुतहरु बहिर आइरहेका छन् । केपी शर्मा ओलीको पालामा १७ वटा ग्रामीण सडकको स्तरोन्नती र ११ वटा सिंचाई योजना परेका छन् । यसको लागि कुनै कांग्रेसका सांसदले गरेर बजेट परेको होइन, कसैलाई प्रमाण चाहिन्छ भने म दिन तयार छु । तर, कांग्रेसका सांसदहरु शिर्षक परिवर्तन गर्ने र गाउँ गाउँवीचमा टकराव सिर्जना गरेर योजनाहरु ध्वस्त बनाउने अभियानमा लागेका छन् ।

अन्तमा केही भन्नुहुन्छ कि ?
नुवाकोटका मतदाता अव धेरै शिक्षित भइसक्नु भएको छ । कम्युनिष्ट सिद्धान्त र सरकारले मात्र देशलाई आर्थिक समृद्धि, दीगो शान्ति र परनिर्भरताबाट हामीलाई माथि उठाउन सक्छ भन्ने । आम नागरिकको हितको लागि काम गर्ने कम्युनिष्टहरु नै हो । पटक पटक हामीले गरेको सानो गल्तीका कारण हामी पछि परिरहेका छौँ । त्यसैले यस पटक सुर्य चिन्हमा मतदान गरी मलाईसहित बामगठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराइदिनुहुन सबै मतदातालाई विनम्र अनुरोध गर्दछु ।

Sunday, October 22, 2017

नुवाकोटमा तीन पुर्वमन्त्री मैदानमा

 श्रीराम नेपाल/नुवाकोट
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटबाट ३ जना पूर्व मन्त्री सहित अधा दर्जन बढि नेताहरुको प्रतिनिधीसभा निर्वाचनका लागि उमेदवारी परेको छ ।
दुईवटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा नेपाली कांग्रेसबाट पूर्वमन्त्रीद्धय अर्जुननरसिंह केसी, डा रामशरण महत, नेकपा माओवादीबाट पूर्वमन्त्री हितवहादुर तामाङको उमेदवारी परेको हो । डा महत , तामाङ एउटै निर्वाचन क्षेत्र नुवाकोट क्षेत्र नं १ बाट उमेदवारी परेको हो । केसीको उमेदवारी क्षेत्र नं २ का लागि हो । क्षेत्र नं २ मा बाम गठवन्धनका तर्फबाट नेकपा एमालेको जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाको उमेदवारी परेको छ ।
यस्तै प्रदेशतर्फ क्षेत्र नंं १ को क मा काँग्रेसबाट जिल्ला कोषाध्यक्ष महेन्द्र थिङ र बाम गठबन्धनबाट माओवादीकी राधिका तामाङ तथा प्रदेश नंं १ को ख मा काँग्रेसबाट रमेशकुमार महत र बाम गठबन्धनबाट एमालेका बद्री मैनालीले उम्मेदवारी दिएका छन् । प्रदेशतर्फ क्षेत्र नंं २ को क मा काँग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसी र वाम गठबन्धनबाट एमालेका विदेश विभाग सदस्य केशव पाण्डेलाई उठाइने निर्णय भएको छ । प्रदेश क्षेत्र नं २ को ख मा  काँग्रेस क्षेत्रीय सभापति जगतबहादुर तामाङ र वाम गठबन्धनबाट माओवादी जिल्ला अध्यक्ष हीरानाथ खतिवडाले उम्मेदवारी दिएका छन् ।
मनोनयन दर्ताका क्रममा नेपाली कांग्रेस र वाम गठबन्धनले छुट्टाछुट्टै ¥याली सहित सदरमुकाम विदुरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका थिए । यस्तै नयाँ शक्ति र विवेकशिल साझाले पनि प्रतिनिधी सभा र प्रदेशका लागि मनोनयन दर्ता गरेका छन् ।









Saturday, October 7, 2017

लौ हेर्नुस काङ्ग्रेस नुवाकोटका प्रस्तावित उमेदवार

असोज २१, नुवाकोट । नेपाली काँग्रेस नुवाकोटले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्भावित १४३ जना उम्मेदवारको नामावली केन्द्रलाई बुझाएको छ ।काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले आज पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई ‘जम्बो’ उम्मेदवारका नाम समावेश गरिएको सूची बुझाउनुभएको हो ।काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले आज पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई ‘जम्बो’ उम्मेदवारका नाम समावेश गरिएको सूची बुझाउनुभएको हो ।काँग्रेस नुवाकोटले प्रतिनिधिसभा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ अर्जुननरसिंह केसी, डा रामशरण महत र सरिता लामाको नाम प्रस्ताव गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं १ बाट समानुपातिकतर्फ १३ जनाको नाम समावेश गरिएको सभापति केसीले जानकारी दिनुभयो ।प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नंं १ बाट प्रत्यक्षतर्फ महेन्द्र थिङ, गोविन्दप्रसाद थपलिया, विषम रिमाल, दीनेश खनाल, निलम उप्रेती र विनोद शाह रहेका छन् । प्रदेशसभा क्षेत्र नं १ बाट समानुपातिकतर्फ २४ जनाको नाम समावेश छ ।uप्रदेशसभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ यमबहादुर थापा, भाग्यश्री लामा, रमेशकुमार महत, अर्जुनप्रसाद न्यौपाने, धनकुमारी थापा र कृष्णबहादुर लामाको नाम समावेश छ । प्रदेशसभा क्षेत्र नंं २ बाट समानुपातिकतर्फ २२ जनाको नाम प्रस्ताव गरी पार्टी केन्द्रीय सभापति देउवालाई बुझाएको काँग्रेस नुवाकोट सभापति केसीले जानकारी दिनुभयो ।यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ बाट प्रतिनिसधासभा प्रत्यक्षतर्फ जिल्ला सभापति केसी, बहादुरसिंह लामा तामाङ, डा प्रकाशशरण महत र हीरा पाण्डेलाई प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ को समानुपातिकतर्फ नौ जनाको नाम प्रस्ताव गरी केन्द्रमा बुझाइएको छ ।प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं १ बाट प्रत्यक्ष पार्टी जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, शिवप्रसाद दाहाल, वैकुण्ठबहादुर पाण्डे, भूपेन्द्र बानियाँ, विष्णुराज नेपाल, दीपक लामा, जयराम दाहाल, मोहनबहादुर खड्का, सानुकान्छा नेपाल र उपेन्द्र बुढाथोकीलाई प्रस्ताव गरिएको छ । प्रदेशसभा क्षेत्र नं १ बाट समानुपातिकतर्फ १९ जनाको नाम प्रस्ताव गरिएको छ ।प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं १ बाट प्रत्यक्ष पार्टी जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, शिवप्रसाद दाहाल, वैकुण्ठबहादुर पाण्डे, भूपेन्द्र बानियाँ, विष्णुराज नेपाल, दीपक लामा, जयराम दाहाल, मोहनबहादुर खड्का, सानुकान्छा नेपाल र उपेन्द्र बुढाथोकीलाई प्रस्ताव गरिएको छ । प्रदेशसभा क्षेत्र नं १ बाट समानुपातिकतर्फ १९ जनाको नाम प्रस्ताव गरिएको छ ।केन्द्रीय सभापतिलाई बुझाइएको नामावलीमा क्षेत्रीय कार्यसमितिबाट प्रस्ताव भएको नाम पार्टीको केन्द्रीय कार्यसमतिको निर्देशनबमोजिम नभएको, पार्टीको १३औँ महाधिवेशनमार्फत निर्वाचित जिल्ला सभापति, सचिव, जिल्लाबाट केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने नाम समावेश नभएकाले जिल्ला कार्यसमितिले बाध्य भएर परिवर्तन तथा परिमार्जन गर्नुपरेको जनाएको छ । रासस

Saturday, September 9, 2017

BREAKING NEWS

काठमाडौ बाट नुवाकोट को खरानिटार जाँदै गरेको बस गुरुङगाउँ नजिक दुर्घटना ३ जना को घटनास्थलमै मृत्यु !
थप विबरण आउदै

Wednesday, September 6, 2017

नेपाल आइडल रोक्न अदालतको अन्तरिम आदेश (आदेशसहित)

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल आइडलको भोट गणना गर्ने कार्य नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायधीय दिवाकार भट्टको एकल इजालशले नेपाल आइडल विरुद्ध परेको रिटमा सुनुवाई गर्दै बुधबार यस्तो अल्पकालीन अन्तरिम आदेश दिएका हुन् ।
अदालतले सो मुद्दाको विपक्षी नेपाल आइडल सञ्चालन गर्ने एपी वान टिभीलाई भदौ २३ गते बिहानको १० बजे भोटिङ लगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुन आदेश दिएको हो ।
नेपाल आइडलमा भोटिङ गणना एक पक्षीयरुपमा गरेर करार उल्लंघन गरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले गत सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए ।
रिट निवेदक न्यौपानेले करार ऐन २०५६ को दफा ८७ को उपदफा १ र २ बमोजिम आइडल विरुद्ध मुद्दा दायर गरेका थिए ।
२३ गते दुबै पक्षको बहसपछि अदालतले नेपाल आइडलको निरन्तरताको पक्ष वा विपक्षमा फैसला गर्ने छ । क्लिकमान्डु अनलाइन बाट 

रेड पान्डाको छाला सहित नुवाकोटका युबा पक्राउ

भदौं २१ । रेडपाण्डाको छाला सहित नुवाकोटका ५ जनालाई काठमाडौ प्रहरीले पक्राउ गरेको छ । 
रेडपाण्डाको छाला कारोबारीमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेमा शिवपुरी गाँउपालिका खोलेगाउ घर भएका २३ बर्षका रामकुमार तामाङ, गुर्जेभन्ज्याङका ४३ बर्षका सन्तोष तामाङ, तादी गाँउपालिका वडा नम्बर १ उर्लेनीका २७ बर्षका अशोक तामाङ, २० बर्षीय नबिन तामाङ र १६ बर्षीय शिव तामाङलाई प्रहरीले २ थान रेड पाण्डाको छाला सहित पक्राउ गरेको छ । 
महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौको मनमैजु र तार्केश्वर नगरपालिकाको नयाँपुल भन्ने स्थानबाट उनीहरुर्लाइ रङ्गेहात पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको साथबाट दुई थान रेडपान्डाको छाला बरामद गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
रेडपण्डा अर्थात रातोहाब्रेलाई विश्वकै दुर्लभ बन्यजन्तुको रुपमा नेपालमा संरक्षित बन्यजन्तुको रुपमा बर्गिकरण गरिएको छ । 

Tuesday, September 5, 2017

काठमाडौंको फोहोर फाल्न ओखरपौवावासीको अवरोध

काठमाडौँ उपत्यकाको फोहोर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अनिश्चित समयका लागि बन्दको घोषणा गरेका छन् ।
प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा बासिन्दाले फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयवासीको अवरोधले सोमबार साँझ र मंगलबार बिहान आएका ८५ गाडीलाई फोहोर विसर्जन गर्न दिएर अनिश्चित समयका लागि बन्द गरेको भन्दै सडक ठप्प बनाएको ककनी गाउँपालिका–२ ओखरपौवाका वडाध्यक्ष केदार पौडेलले बताए । 'फोहोरको विसर्जनबाट ९०० मिटर दूरीमा पर्ने आवास र गोठका अति प्रभावितलाई प्रतिस्क्वायर मिटर वार्षिक रु ५० दिँदै आएकामा नयाँ आवदेखि घटाएकाले विरोधमा अवरोध गर्नुपरेको हो', पौडेलले भने, 'फोहोरको वैज्ञानिक व्यवस्थापन नहुँदा प्रभावित क्षेत्रको दूरी र वार्षिक मुआब्जा वृद्धिको माग भइरहेको समयमा त्यसलाई निस्तेज बनाउन महानगरपालिकाले गरेको निर्णय अमान्य छ ।' 
एक साताअघि भएको सहमतिको कार्यान्वयन नभएको, मुआब्जाको सीमा र रकम शुल्क घटाएको विरोधको माग सम्बोधन नभएसम्म फोहोर फाल्न नपाउने भन्दै फोहोर बोकेका गाडी नल्याउन स्थानीयवासीले सचेत गराएका छन् । 
काठमाडौँ महानगरपालिकाले तीन वर्षका लागि प्रस्ताव गरेको ओखरपौवाको सिसडोलमा तेह्र वर्षदेखि फोहोर फालिँदै आएको छ । स्थानीयवासीले उठाएका वैज्ञानिक रुपमा फोहोर विसर्जन, लिचडको प्रशोधन, फोहोर फ्याँक्ने आउने मूल सडकको स्तरोन्नति र गाउँको शाखा सडक कालोपत्र हुनुपर्ने माग महानगरपालिकाले एक साताभित्र पूरा गर्न यही भदौ १३ गते जनाएको प्रतिबद्धता पूरा नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको स्थानीयवासीले बताएका छन् । 

फोहोर फ्याँक्न सिसडोलबाट एक हजार ९०० मिटरको दूरीमा पर्ने वैकल्पिक स्थान बञ्चरेडाँडामा पूर्वाधार निर्माण र प्रभावित बासिन्दाका लागि पन्ध्र श्यया क्षमताको अस्पतालको निर्माण सुरु गर्नुपर्ने माग पनि प्रभावित बासिन्दाले उठाएका छन् । काठमाडौंमा दैनिक उत्पादन हुने करिब एक हजार ५०० टन फोहोरको विसर्जन सिसडोलमा गरिँदै आएको छ ।

नुवाकोट र रसुवाका एक दर्जन चेक पोष्टले किन थाहा पाएनन् सुन गएको

नुवाकोट सन्देश संवाददाता । रसुवागढी नाकादेखि काठमाडौंसम्म प्रहरीका १२ वटा चेकपोस्ट छन् । ती चेकपोस्ट सजिलै पार गर्दै बा.१७च ६४२७ नम्बर गाडीका मालिक चिनियाँ नागरिक जिया क्विङ ८८ केजी सुन काठमाडौंसम्म ल्याउन सफल भए ।
कतिसम्म भने सुन गाडीका पार्टपुर्जामा लुकाइएको थिएन, पछाडिको भागमा राखेर ल्याइएको थियो । उनले हरेक साताजसो चीनबाट सुन ल्याउँदै आएका थिए । सोमबार बिहान चालक मनोज अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि मात्र उनको शृंखलाबद्ध सुन तस्करीको रहस्य खुलेको हो ।
महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट तस्करीको ८८ केजी सुन बरामद गरेको हो ।
सुन तस्करीका मुख्य नाइके क्वाङ भने फरार भएका छन् । एकैपटक करिब ४३ करोड रुपैयाँबराबरको सुन बरामद भएकाले यसमा राज्यका विभिन्न निकायलाई प्रभाव पार्न सफल ठूलै गिरोह संलग्न रहेको प्रहरी आशंका छ ।
महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द मुख्य तस्करहरू खोज्न आफूहरूले पक्राउ परेका चालकलाई संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको बताउँछन् । संगठित अपराध मुद्दामा प्रहरीले ६० दिनसम्म अभियुक्तलाई हिरासतमा राखी कारबाही गर्न सक्छ ।
समूहबीचको विवादले खुल्यो राज
आइतबार दिउँसो धेरैवटा प्रहरी कार्यालयले रसुवागढीबाट ठूलो मात्रामा तस्करीको सुन बोकेको गाडी क्षेत्रपाटीमा हुने सुराकी दिएका थिए । स्रोतका अनुसार तस्करीमा संलग्न चिनियाँ गिरोहसँग विवाद भएका नेपालीहरूको अर्को समूहले प्रहरीलाई सो सुराकी दिएको थियो ।
सोही आधारमा प्रहरी टोली खटिएको थियो । महाशाखाबाट खटिएको टोलीले सुन भएको गाडी नियन्त्रणमा लिन सफल भएको हो । टाटा स्ट्रोम ब्रान्डको गाडीभित्र लुकाइएका ८८ वटा सुनका बिस्कुट प्रहरीले बरामद गरेको थियो । ‘यसबाट अनुमान लगाउन सकिन्छ भने यो तस्करीमा एक–दुईजना मात्र होइन, ठूलै गिरोह आबद्ध भएको हुनुपर्छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका एसएसपी दिवेश लोहनीले भने ।

Monday, September 4, 2017

स्थापना दिवसमा रेडक्रसद्धारा फलफूल वितरण


नुवाकोट सन्देश संवाददाता
विदुर, भाद्र १९ ।५५ औ नेपाल रेडक्रस दिवस नुवाकोटमा पनि मनाईएको छ । दिवसको अवसरमा जिल्ला शाखाले जिल्ला अस्पताल त्रिशूलीका बिरामी हरुलाई फलफूल बितरण गरियो । अस्पतालमा उपचार गराईरहेका ७० जना विरामीलाई फलफूल वितरण गरिएको हो ।
प्mलफूल वितरण पछि आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले रेडक्रसले मानवीय सेवामा अतुलनिय कार्य गरेको वताउनुभयो । अन्तराष्ट्रिय अभ्यास अनुसार नेपालका रेडक्रसले पनि विशुद्ध मानविय सेवामा आफूलाई पूर्ण समर्पित गर्नुपर्ने तामाङले जोड दिनुभयो । कार्यक्रममा बिदुर नगरपालिकाका मेयर सन्जु पन्डितले विपद ब्यवस्थापन, राहत र पुनस्र्थापनामा रेडक्रसको भूमिकाको चर्चा गर्नुभयो ।  जिल्ला शाखा सभापति सुरथवहादुर चित्रकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य जगदिश फुयाल, त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष पारस अधिकारी लगायतका साथै रेडक्रसकर्मीको सहभागिता रहेको थियो ।





नुवाकोटमा अवैध रुपमा बालुवा झिक्ने स्काभेक्टर दुर्घटना हुँदा चालक बेपत्ताव

भदौ १९, नुवाकोट । बेलकोटगढी नगरपालिका–७ रातमाटेमा अवैधरुपमा त्रिशूली नदीबाट बालुवा उत्खनन गर्ने स्काभेक्टर दुर्घटना हुँदा धादिङका सुरेश तामाङ बेपत्ता भएका छन् ।आइतबार राती नदीबाट अवैधरुपमा बालुवा उत्खनन गरिरहेको स्काभेक्टर नदीमा भासिदा महादेवस्थानको तसर्पुका २९ वर्षका चालक तामाङ हराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिनुभयो ।“चालकले भाँसिएको स्काभेक्टरको झ्यालको ढोका फुटाएको देखिएकाले निस्किएर नदीमा बेपत्ता भएको हुनसक्ने अनुमान गरेका छौँ ।” एसपी बस्यालले भन्नुभयो “नदीमा खोज्ने र सञ्चालकसँग समेत बुझ्ने काम भइरहेको छ ।”घटना राति १ बजेको भए पनि प्रहरीले भने बिहान ७ बजे मात्र जानकारी पाएको जनाएको छ । जालपादेवी बालुवा प्रशोधन उद्योग प्रालिको रुपमा सञ्चालनमा रहेको कम्पनीले नदीबाट रातको समयमा अवैधरुपमा बालुवा उत्खनन गर्ने गरेको प्रहरीले जनाएको छ । कम्पनीका लगानीकर्ता सातजना रहेकाले उनीहरुलाई कारबाहीको लागि अनुसन्धान भइरहेको र हराएका व्यक्तिको समेत खोजी जारी रहेको प्रहरीले जनाएको छ ।अवैधरुपमा नदीबाट बालुवा झिक्ने कार्य नियन्त्रण नहुँदा मजदुर नदीमा बगेर तथा पुरिएर हराउने क्रम वृद्धि हुँदै गएको छ । जिल्लाको त्रिशूली, तादी, लिखु, कोल्प, सामरी सलाखु, फलाखुलगायतको खोलामा ‘हेभी इक्युमेन्ट’ प्रयोग गरी अवैधरूपले बालुवा उत्खनन हुँदै आएको छ । रासस

क्षेत्रपाटीबाट बरामद ८८ किलो सुन केरुङ नाकाबाट भित्रिएको आशंका

१९ भदौ, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट बरामद भएको ८८ किलो सुन केरुङ नाकाबाट भित्रिएको आशंका गरेको छ ।
सोमबार बिहान प्रहरीले क्षेत्रपाटीमा पार्किङ गरिराखेको गाडीबाट सुन बरामद गरेको थियो । यसबारे अनुसन्धान सुरु भएको छ । सुन एकैपटक बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो । यसअघि विमानस्थलबाट भित्रिएको ३५ किलो बरामद भएको थियो ।
एक प्रहरी उच्च अधिकारीका अनुसार यो सुन भने केरुङ नाकाबाट भित्रिएको आशंका गरिएको छ । ‘थप अनुसन्धान भइरहेको छ’ उनले भने ।
बरामद भएको सुन अहिले महानगरीय प्रहरी अपराध महाशाखामा राखिएको छ । अनलाइन खबर बाट 

Thursday, August 31, 2017

कक्षा १२ को नतिजा प्रकाशित, ४८ प्रतिशत उत्तीर्ण, यसरी थाहा पाउनु होस नतिजा


काठमाडौं– गत बैशाख १० गते भएको कक्षा १२ को परीक्षाफल विहीबार सार्वजनिक भएको छ । प्रकाशित नतिजाअनुसार कक्षा १२ कक्षाको नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

नियमिततर्फ एक लाख ७५ हजार ५ सय ९३ परीक्षामा सहभागी थिए । ती मध्ये ८४ हजार ५ सय ९३ विद्यार्थी उत्र्तीण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 
यस्तै, आंशिकतर्फ भने ४८ हजार ७ सय ३६ जना उत्तीर्ण भएका छन् । आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परीक्षा दिएका थिए । 

परीक्षाको नतिजा १६०१ मा फोन गरेर पनि हेर्न सकिने कार्यालयले जनाएको छ । साथै परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । विज्ञान समूहका विद्यार्थीको नतिजा भने गत साउन २० गते नै सार्वजनिक गरिसकिएको छ । 

नुवाकोटमा दुई निर्वाचन क्षेत्र, कुन गाउँ/नगर कुन निर्वाचन क्षेत्रमा

नुवाकोट । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोगले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले बुझेका छन् । आयोगले नुवाकोट जिल्लामा प्रतिनिधी सभा निर्वाचनको लागि दुई वटा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचनका लागि चार वटा निर्वाचन क्षेत्र निर्धारण गरेको हो ।
प्रतिवेदन अनुसार जिल्लाको निर्वाचन क्षेत्र नं १ मा शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पन्चकन्या गाउँपालिका, तादी गाउँपालिका, सूर्यगढी गाउँपालिका, लिखु गाउँपालिका र ककनी गाउँपालिका रहेका छन् । प्रदेश सभाको लागि क्षेत्र नं १ मा दुप्चेश्वर गाउँपालिका, पन्चकन्या गाउँपालिका वडा नं. ३, ४, शिवपूरी गाउँपालिका, तादी गाउँपालिका रहेका छन् । यसैगरि प्रदेश सभाको निर्वाचन क्षेत्र नं २ को लागि लिखु गाउँपालिका, ककनी गाउँपालिका, सुर्यगढी गाउँपालिका र पन्चकन्या गा.पा. वडा नं.
२, ५ तोकिएको छ ।
यस्तै प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं २ मा बेलकोटगढी नगरपालिका, विदुर नगरपालिका, तारकेश्वर गाउँपालिका, घ) मेघाङ गाउँपालिका, किस्पाङ गाउँपालिका रहेका छन् । प्रतिनिधी सभा २ नं निर्वाचन क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र १ मा बेलकोटगढी नगरपालिकाको सम्पूर्ण वडा र बिदुर नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, राखिएको छ । यस्तै
२ नंवरमा  तारकेश्वर गाउँपालिका, बिदुर न.पा. वडा नं. ७, ८, १२, १३, मेघाङ गाउँपालिका, र किस्पाब गाउँपालिका राखिएका छन् ।
नेपालको संविधान अनुसार प्रतिनिधिसभाका लागि १६५ र प्रदेश सभाका लागि ३ सय ३० गरी प्रत्यक्षतर्फ कुल ४ सय ९५ क्षेत्रसहितको प्रतिवेदन वुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका अध्यक्ष कमलनारायण दासले बुझाएका हुन्  । निर्वाचन क्षेत्र निर्धारण गर्दा गाउँपालिका र नगरपालिका टुक्रिएका छन् । आयोगका सदस्य माधव अधिकारीका अनुसार गाउँपालिका भन्दा नगरपालिका बढी बाँडिएका छन् । उनलका अनुसार आयोगले गाउँपालिका काट्दै नकाट्ने नीति लिएको थियो । यद्यपि, जनसंख्या र भूगोलका आधारले कुनै ठाउँमा मिल्दै नमिल्ने भएपछि काटिन पुगेका छन् । गाउँपालिका भन्दा नगरपालिका बढी काटिएका छन् ।
उनले भने, ‘यसको गलत अर्थ लगाउनु हुँदैन । जनसंख्या र भूगोलका आधारले निर्धारण गर्ने संवैधानिक र कानुनी व्यवस्था अनुरुप क्षेत्र निर्धारण गरिएको हो । मिलाउँदा कोही गाउँपालिका र नगरपालिका बाँडेर मिलाउनु परेको हो ।’ तराईमा कम वा पहाडमा बढी भन्ने छैन । आवश्यकता हेरेर बाँडिएको छ, सदस्य अधिकारीले भने ।
आफुहरुले प्रतिवेदन बुझाएको र यो प्रतिवेदन कार्यान्वयन भए त्यही अनुसार गाउँपालिका र नगरपालिका काटिएर निर्वाचन क्षेत्र कायम हुने छन् । गाउँपालिका र नगरपालिका काटिँदा मतभारमा फरक पर्ने बताइन्छ । आयोगका एक जना सदस्य विश्वकल्याण पराजुलीले बलमिच्याइँमा गाउँपालिका र नगरपालिका टुक्र्याइएको भन्दै विमत्ति राख्दै आएका थिए ।
प्रतिवेदन अनुसार प्रदेश नम्बर १ मा २८, प्रदेश नम्बर २ मा ३२, प्रदेश नम्बर ३ मा ३३, प्रदेश नम्बर ४ मा १८, प्रदेश नम्बर ५ मा २६, प्रदेश नम्बर ६ मा १२ र प्रदेश नम्बर ७ मा १६ वटा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र तय भएका छन् ।
तराईको प्रतिनिधित्व घट्यो
प्रतिनिधिसभाका लागि निर्धारण गरिएको १ सय ६५ निर्वाचन क्षेत्र मध्ये ७८ वटा निर्वाचन क्षेत्र तराईका २० जिल्लामा परेका छन् । कुल क्षेत्रको यो संख्या ४७ दशमलव २७ प्रतिशत हो ।
मधेसकेन्द्रीत दलले जनसंख्या अनुपातमा तराईका जिल्लामा ५१ प्रतिशत निर्वाचन क्षेत्र हुनुपर्ने माग गरिरहेका थिए । यो क्षेत्र निर्धारणले विगतको तुलनामा एक प्रतिशत कम प्रतिनिधित्व हुने देखिएको छ । यसअघि, २ सय ४० निर्वाचन क्षेत्र हुँदा ४८.३३ प्रतिशत मधेसको २० जिल्लाबाट प्रतिनिधित्व भएको थियो ।