Wednesday, September 6, 2017

रेड पान्डाको छाला सहित नुवाकोटका युबा पक्राउ

भदौं २१ । रेडपाण्डाको छाला सहित नुवाकोटका ५ जनालाई काठमाडौ प्रहरीले पक्राउ गरेको छ । 
रेडपाण्डाको छाला कारोबारीमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेमा शिवपुरी गाँउपालिका खोलेगाउ घर भएका २३ बर्षका रामकुमार तामाङ, गुर्जेभन्ज्याङका ४३ बर्षका सन्तोष तामाङ, तादी गाँउपालिका वडा नम्बर १ उर्लेनीका २७ बर्षका अशोक तामाङ, २० बर्षीय नबिन तामाङ र १६ बर्षीय शिव तामाङलाई प्रहरीले २ थान रेड पाण्डाको छाला सहित पक्राउ गरेको छ । 
महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौको मनमैजु र तार्केश्वर नगरपालिकाको नयाँपुल भन्ने स्थानबाट उनीहरुर्लाइ रङ्गेहात पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको साथबाट दुई थान रेडपान्डाको छाला बरामद गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
रेडपण्डा अर्थात रातोहाब्रेलाई विश्वकै दुर्लभ बन्यजन्तुको रुपमा नेपालमा संरक्षित बन्यजन्तुको रुपमा बर्गिकरण गरिएको छ । 

No comments:

Post a Comment