Sunday, December 10, 2017

नुवाकोटका सवै क्षेत्रमा वाम गठवन्धन विजयी

श्रीराम नेपाल/नुवाकोट समाचारदाता
मंसिर २४, नुवाकोट
नुवाकोटको प्रतिनिधिसभा प्रदेश सभा निर्वाचनमा सवै क्षेत्रमा वाम गठवन्धन विजयी भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्रिहरु डा रामशरण महत र अर्जुननरसिंह केसी पराजित हुनुभएको छ । ।
नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी हुनुभएको छ । तामाङ ३६ हजार ४७३ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता डा. रामशरण महतले २७ हजार हजार ९२०मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडा ३६,८९२ मत ल्याएर बिजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले २६,३३५ मत प्राप्त गर्नुभयो । बिजयी हुनुभएका एमालेका उम्मेदवार खतिवडाले १०,५५७ मत बढी ल्याउनुभएको हो ।
यस्तै, प्रतिनिसभा सदस्य–१ को प्रदेश ‘क’ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राधिका तामाङले १८,१३७ मत ल्याएर बिजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र थिङले १३,३६८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिनुभयो । माओवादी केन्द्रका उम्मेदवार तामाङले ४,७६९ मतान्तरले बिजयी हुनुभएको हो ।
यस्तै, प्रदेश ‘ख’ तर्फ नेकपा एमालेका उम्मेदवार बद्री मैनाली २०,५०९ मत ल्याएर बिजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महतले १२,२१७ मत प्राप्त गरेर निकटतम प्रतिस्पर्धी बन्नुभयो । एमाले उम्मेदवार मैनालीले ८,२९२ मत बढी ल्याएर बिजयी हुनुभएको हो ।
यस्तै, नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा ‘क’मा नेकपा एमालेका उम्मेदवार केशवराज पाण्डेले २०,००९ मत ल्याएर बिजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार जगदिश्वरनरसिंह केसीले १२,७२९ मत प्राप्त गर्नुभयो । बिजयी हुनुभएका एमालेका उम्मेदवार पाण्डेले ७२८० मत बढी ल्याउनुभएको हो । प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेश ख मा बाम गठबन्धनका उम्मेदवार हिरानानाथ खतिवडाकोे १५ हजार ५८९ मत ।  नेपाली कांग्रेसका जगत तामाङले १२७८० मत ।

No comments:

Post a Comment