Sunday, January 14, 2024

बृद्धबृद्धालाई खाद्यान्न सहयोग

नुवाकोट । २८ पौष

नुवाकोटको विदुर ५ देविघाटमा रहेको देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिस्ठानलाई खाद्य सामाग्री वितरण भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा नुवाकोटले महासंघ १८औं स्थापना दिवसको ‌अवसरमा सामाग्री वितरण भएको हो । 

शनिवार देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिस्ठानमा रहनुभएका बृद्धा बाआमाहरूलाई खाध्यन्न सामग्री वितरण गरिएको महासंघका नुवाकोट अध्यक्ष बासुदेव गजुरेलले जानकारी दिए । महासंघले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवसको अवसर पारेर वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको गजुरेलले बताए । 


कार्यक्रममा नुवाकोट जिल्लामा क्रियाशिल पुस्तक तथा स्टेशनरी ब्यवसायीको उपस्थिती रहेको थियो । 

No comments:

Post a Comment