सूसूचनाको बर्गीकरण गर्ने सरकारी निर्णयको बिरोधमा नुवाकोटका संचारसंबद्ध संस्थाहरुले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडी आधा घण्टा धर्ना दिएका छन् ।पत्रकार संघका रामहरी गजुरेल,बार एशोसियसन नुवाकोटका सचिव राजु फूँयाल लगायतले सूचनाको हक पत्रकारको मात्र नभई आम नागरिकको सरोकारको बिषय भएकाले निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्नुपर्नेमा जोड दिएका थिए ।
यसअघि बिदुरचोक बाट निस्किएको संचारकर्मीहरुको मौन जुलुस जिल्ला प्रशासनको मुलगेटमा पुगि धर्नामा परिणत भएको थियो ।
No comments:
Post a Comment