अब कम्तीमा ६ महिनाको वैध अवधि भएको, गन्तव्य देशको प्रवेषाज्ञा भिसा वा अन अराइभल भिसा हुनु मुलुकमा दुईतर्फी हवाई टिकट, होटल बुकिङ, आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र, कम्तीमा ५ सय डलर भएको भिजिट भिसामा विदेश जान पाइने अध्यागमनले जनाएको छ । संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमन, साउदी अरबमा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा गर्नुपर्ने जनाएको छ ।
यसअघि सचिवस्तरको निर्णयले भिजिट भिसामा जान कडाइ गरिएको थियो । जसमा खाडी मुलुक भन्दा बाहिर कम्तीमा एक पटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरू, न्यूनतम २ वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरूले भिजिट भिसामार्फत यात्रा गर्न पाइने थियो ।
त्यस्तै न्यूनतम माध्यमिक तहको ९कक्षा १२० औपचारिक शिक्षा वा सो सरहको प्राविधिकरव्यावसायिक सीप दक्षता भई आधिकारिक निकायबाट प्रमाणीकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता विज्ञ, प्राविधिक, व्यक्तिहरु, अंग्रेजी वा गन्तव्य मुलुकमा बोलिने अन्तराष्ट्रिय भाषाको राम्रो सीप भएका, आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा जाने व्यक्ति ९ एकाघरका आमाबाबु, सासू ससुरा, छोराछोरी, श्रीमान्(श्रीमती, र वैदेशिक रोजगारमा रहेकाहरूको नातेदार समेत, गन्तव्य मुलुकमा रहेको राजदूतावास र नियोगबाट प्रमाणित कागजात सहित सिफारिस भएका व्यक्तिहरु, सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु लगायत रहेका थिए । वार्षिक न्यूनतम ५ लाख रुपैयाँ कर योग्य आय भई कम्तीमा सो को आधा रकम बैंक खातामा वचत भएको हुनुपर्ने थियो ।

No comments:
Post a Comment