‘रंगीन क्याण्डीमा रोडामाइन बी भेटियो,’ वैद्यले भनिन्, ‘यो मानव स्वास्थ्यका लागि हानिकारक छ।’ खाद्य प्रविधि विभागले लेबल नलगाएका क्याण्डी प्रयोग नगर्न भनेको छ।
रोडामाइन बी एक केमिकल हो। यो खाद्य पदार्थको रंग परिवर्तन गर्न, सौन्दर्यका प्रसाधन, आतसबाजी, कालो मरिच लगायतका मसला लगायतमा पनि उपयोग हुने जानकार बताउँछन्। यसको सेवनले कलेजो र मिर्गौलाको क्यान्सरको जोखिम हुने स्वास्थ्यकर्मीले जानकारी दिए। सडक, मेला महोत्सव, मलमा रंगीन कटन क्याण्डीको बिक्री हुने गरेको छ। विशेष गरी यो बालबालिकाले धेरै मन पराउँछन्। विभागबाट अनुज्ञा पत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुल्ला रुपमा विक्री वितरण गरिएको कटन क्याण्डी उपभोग नगर्न आग्रह गरेको छ।‘
अनुज्ञा पत्र लिई लेबल लगाएका बाहेक कटन क्याण्डी प्रयोग गर्नु हुँदैन,’ महानिर्देशक वैद्यले भनिन्, ‘प्रयोगकर्ता सचेत हुनु आवश्यक छ।’ अखाद्य रंगको प्रयोग गरी कटन क्याण्डी उत्पादन तथा विक्री वितरण नगर्न विभागले आग्रह गरेको छ। विभागको निर्देशन विपरीत उत्पादन तथा विक्री वितरण गरेको पाइएमा खाद्य ऐन नियम बमोजिम कारबाही गर्ने विभागले जनाएको छ।

No comments:
Post a Comment