मकैको खोस्टाबाट फुल र बाँसको बास्केट बनाउने १५ दिने सिपमूलक तालिम विहिवार सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा प्रमुख अतिथी विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले तालिमबाट महिलालाई स्वरोजगार बन्ने बाटो खुलेको बताए । कार्यक्रममा डिभिजन वन कार्यालय नुवाकोटका डिभिजनल प्रमुख रोशना पोखरेल , उद्योग तथा बाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटा लगायतले तालिमममा सिकेका सिप ब्यवहारमा निरन्तरता दिन आग्रह गरेका छन् । ’स्थानीय स्रोतमा लगानी ः घर घरमा उद्यमी’ भन्ने नाराका साथ विदुर २ को बाराही सामुदायिक वन उपभोक्ता समूहका महिलालाई जिविकोपार्जनको लागी आत्मनिर्भर बनाउन तालिम प्रदान गरिएको वडाध्यक्ष दिपक कायस्थले जानकारी दिए ।

No comments:
Post a Comment