Tuesday, June 4, 2024

खाद्य स्वच्छता दिवसमा सप्ताहव्यापी कार्यक्रम

म्यागङ । २१ ज्येष्ठ २०८१ 


विश्व खाद्य स्वच्छता दिवस नुवाकोटमा सप्ताहव्यापी रूपमा मनाउन शुरु गरिएको छ । सप्ताहब्यापी कार्यक्रमका क्रममा सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटवाट म्यागङ गाउँपालिका–५, सामरीमा रहेका  खाजा घर, होटेल रेस्टुरेन्टमा अनुगमन गरिएको छ । यसैगरी, सोही स्थानमा रहेको श्री ग्रामसेवा विद्याश्रम माध्यमिक विद्यालयका कक्षा ९ र १० कक्षाका बिद्यार्थीहरुलाई खाद्य स्वच्छता विषयमा जानकारी गराइएको छ । 

यसअघि, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, नुवाकोटवाट बिदुर नगरपालिका, बिदुर नुवाकोटमा रहेका  स्ट्रीट फुड, खाजा घर, होटेल रेस्टुरेन्टमा अनुगमन गरिएको छ । 



No comments:

Post a Comment