नुवाकोट / नेपाल शान्ति एवम् विकास केन्द्र नुवाकोट एफएम १०६.८ ले शंख बजाउन सिकाउने भएको छ । ९ बर्ष देखि १५ बर्शसम्मका बालबालिकालाइ तालिम दिन लागिएको आयोजक सन्स्थाले जानकारी दिएको छ ।
२०८१ साउन ७ गतेदेखि १२ गतेसम्म विदुर नगरपालिका बडा नम्बर ५ देवीघाट, ४ को हरावाघर र १ को त्रिशुली बजारमा दक्ष प्रशिक्षकले प्रशिक्षण दिनेछन्। तालिममा ७० जना भन्दा बढी किशोर किशोरीले सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सहभागी
सख्याको आधारमा तालिम दुई वा तीन समूहमा आयोजना गरिनेछ। तालिमका सहभागीले प्रमागपत्र तथा उत्कृष्ट हुने सहभागीलाई पुरस्कारको पनि व्यवस्था गरिएको रेडियोका स्टेसन मेनेजर श्रीराम अधिकारीले जानकारी दिए ।
No comments:
Post a Comment