६ जेठ २०८१ । नुवाकोट
‘हाइटेन्सन’ विद्युतीय प्रशारण लाइनको करेन्ट प्रवाह हुदाँ नुवाकोटमा एक १२ वर्षीया बालिकाको ज्यान गएको छ । शनिबार दिउँसो भएको घटना लगत्तै गम्भीर घाइते बालिकाको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा बुधवार निधन भएको हो ।
मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नंं ३ की १२ वर्षीया इन्दिरा राई रहेकी छिन् । बाख्रा चराउन गएको समयमा हाईटेन्सन लाईनको करेन्ट प्रवाह हुँदा उनी घाईते भएकी थिईन् । बेलकोटगढी १३ का स्थानीय राजेशजंग थापाका अनुसार ६६ केभीको ’त्रिशूली बालाजु ग्रिड’ अन्तर्गतको ’हाइटेन्सन लाइन’को करेन्टको प्रभावले शरीरको अधिकांश भाग जलेको र आर्थिक अभावले समयमै प्रभावकारी उपचार नपाउदाँ निधन भएको हो । बालिकाको घरायसी आर्थिक अवस्था कमजोर भएकोले उपचार गरिदिन प्राधिकरणको काठमाडौको मिनभवनस्थित शाखामा पीडित परवार, बालिकाको स्थायी ठेगाना भएको लिखु–३ को वडा कार्यालय र घटनाभएको स्थान बेलकोटगढी– १३ को वडा कार्यालयले पत्राचार गरेपनि वेवास्था गरेको कारण बालिकाको प्रभावकारी उपचारको अभावमा निधन भएको बालिकाको बुबा मनोज राईले गुनासो गर्नुभयो ।प्राधिकरणको कर्मचारीको लापराहीको कारण प्रशारण लाइनको तार झोलिएको अबस्थामा उक्त तारमा प्रभाव भएको करेन्टको प्रभावले बालिकालाई करेन्ट लागेर गम्भीर घाइते भएको र उपचारको लागी समेत सहयोग नगरेको कारण पीडित परिवारले अस्पतालबाट शव बुझ्न अस्वीकार गरेका छन् । उक्त घटनाको बिरोधमा स्थानीय रुपमा प्राधिकरण विरुद्ध चरम असन्तुष्ट उत्पन्न भएको छ । स्थानीय सरकार, दलीय प्रनिनिधि, सरोकारवालाहरुबाट उक्त घटनामा प्राधिरकरणले प्रशारण लाइन राम्रोसंग नसक्नु, घटना पश्चात उपचारको लागी सहयोग नपुराउनु लगायतमा चरम लापरबाही भएको भन्दै असुन्तुष्टि जनाइएको हो ।
वागमती एफएम
No comments:
Post a Comment