Thursday, June 20, 2024

भलिबल प्रतियोगिताको उपाधि सुन्दरा माविलाई

६ जेठ, २०८१ । नुवाकोट । 

नुवाकोटको तादी गाउँपालिकामा आयोजित प्रथम उपाध्यक्ष महिला भलिबल प्रतियोगिताको उपाधि सुन्दरा माविले जितेको छ । गाउँपालिकाका ६ वटा विद्यालयको सहभागितामा सञ्चालित प्रतियोगिताको प्रथम उपाधि सातविसेको सुन्दरामाविले प्राप्त गरेको हो । 

प्रतियोगितामा द्धितिय स्थान सून्दादेवी मावि र तृतिय स्थान सुन्दरा मावि उर्लेनिले प्राप्त गरेको हो । वुधवार तादि गाँउपालिका उपाध्यक्ष सन्जु प्याकुरेलको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा विजयी विद्यालय र उत्कृष्ट खेलाडिलाई नगद पुरस्कार सहित ट्रफी वितरण गरिएको छ । यस्तै, विभिन्न विद्यामा उत्कृष्ट भलिबल खेलाडिहरुलाई मेडल तथा अतिथि तथा प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गरिएको छ । 

पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य राधिका तामाङले खेलकुदले किशोरकिशोरी विद्यार्थीलाई अनुसाशित वनाउने भएकोले यस्ता प्रतियोगिता उपयोगी रहेको वताईन् । कार्यक्रममा जिसस नुवाकोटका प्रमुख श्री रजिन्द्र विक्रम सिंह ठकुरी, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्मा, तादी गाउँपालिका विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु, कर्मचारी, शिक्षक तथा विद्यार्थीको उपस्थिती रहेको थियो । 


No comments:

Post a Comment